७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

भत्ता पाएपछि मख्ख राउटे (फोटोफिचर)

तस्बिर: रमेशविक्रम हमाल

जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायले तीन महिनाको सामाजिक सुरक्षा भत्ता एकमुष्ट प्राप्त गरेको छ । राउटेलाई भत्ता वितरण गर्दै आएको दैलेखको गुराँस गाउँपालिकाले सुर्खेतको लेकवेशी नगरपालिका–७ लमनामा बसिरहेका राउटे समुदायलाई शनिबार भत्ता वितरण गरेको हो ।

गाउँपालिकाका अनुसार राउटे समुदायको अहिलेको संख्या १३३ छ । शनिबार ७४ महिला र ५९ पुरुषलाई तीन महिनाको १२ हजारका दरले भत्ता वितरण गरिएको हो । यस्तै अघिल्लो महिना वितेका एक बृद्ध र दुई बालकको एक–एक महिनाको चार हजारका दरले भत्ता वितरण गरिएको हो ।

राउटेको ठूलो मध्येको एक माघी पर्व नजिकै आएका बेला गाउँपालिकाले भत्ता वितरण गरेको हो । उनीहरुलाई कात्तिक, मंसिर र पुस महिनाको भत्ता वितरण गरिएको हो । भत्ता पाएपछि राउटे समुदायका मुखिया शेरबहादुर शाहीले चाँडपर्वका लागि बाख्रा वा कुखुराको जोहो गर्ने, खाद्यान्न खरिद गर्ने र कपडा खरिद गर्ने बताए ।

प्रकाशित: २६ पुस २०८२ १९:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App