१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सात वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा विद्यालयका संचालक पक्राउ

महोत्तरीको गौशालामा विद्यालयमा पढ्न आएकी बालिकालाई बलात्कार गरेको आरोपमा विद्यालयका संचालक पक्राउ परेका छन्।

गौशाला नगरपालिका(५ स्थित गौशाला एकेडेमीमा अध्ययनरत ७ वर्षीय बालिकालाई बिहीबार दिउँसो विद्यालयको चौथो तल्लामा लगी बलात्कार गरेको आरोपमा गौशाला ११ का ३३ वर्षीय जुगलकिशोर साह पक्राउ परेको महोत्तरी प्रहरी प्रवक्ता एवं डिएसपी दिलिपकुमार गिरिले जानकारी दिए।

पढ्न आएको समय बालिकालाई रुपैयाँको लोभ देखाएर विद्यालयको छतमा लगेर बलात्कार गरेको जाहेरीको आधारमा विद्यालयका संचालक साहलाई शुक्रवार पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाइएको छ।

जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद लिई घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी गिरिले बताए।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएर यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।

प्रकाशित: ८ मंसिर २०८० १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App