१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

उपत्यका चाडबाड सुरक्षाः१६५ जुवाडे पक्राउ,२६६ सडक दुर्घटना,सात जनाको मृत्यु

प्रहरी भन्छ–शान्ति सुरक्षाको स्थिती सामान्य रह्यो

दसैंतिहारको समयमा जुवा खेलेको आरोपमा नेपाल प्रहरी काठमाडौं उपत्यकाबाट १६५ जनालाई पक्राउ गरेको छ।जसमा नेपाली सेनाका एकजना पूर्व उपरथीसमेत सामेल छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक९एसएसपी० दिनेशराज मैनालीकाअनुसार उपत्यकाका तीन जिल्लाबाट दसैं सकिएपछि कात्तिक ११ गतेदेखि तिहारसम्मको अवधि ९कात्तिक ३०० गतेसम्म १६५ जना जुवाडे पक्राउ परेका हुन।जसमा तास र लंगुरबुर्जा खेलेको आरोपमा १३३ जना र कौडा खेलेको आरोपमा ३२ जना पक्राउ परेको एसएसपी मैनालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

तास र लंगुरबुर्जा खेलेको आरोपमा प्रहरीले काठमाडौंका १२ स्थान, ललितपुरका २ स्थान र भक्तपुरका २ स्थानमा छापा मारेको एसएसपी मैनालीले बताए।जसमा ६९ बुक तास, २० हजारको चेक र २१ लाख ७१ हजार ३३५ रुपैयाँ नगद बरामद भएको उनले जानकारी दिए।

यस्तै काठमाडौं र ललितपुरका दुई ठाउँबाट १२ लाख ९१ ह्जार ५५० नगदसहित ३२ जनालाई कौडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ। यस्तै यही अवधिमा १९ हजार १३६ थान पटकासहित आठजना प्रहरीको फन्दामा परेका छन्।

उपत्यका प्रहरी कार्यालयले जनाएअनुसार दसैं र तिहारको यो अवधिमा उपत्यकाका तीन जिल्लाका ३७ स्थानमा करोडौंको चोरी र ५ स्थानमा लुटपाटका घटना भएका छन्।एसएसपी मैनालीले जारी गरेको विज्ञप्तिअनुसार काठमाडौंका २० स्थानबाट २७ लाख ७९ हजार ४४५, ललितपुरका १० स्थानबाट २५ लाख ३० हजार ७५० र भक्तपुरका ७ स्थानबाट ५० लाख ५६ हजार रुपैयाँ बराबरको चोरी भएको छ । जसमा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको एसएसपी मैनालीले बताए।यस्तै काठमाडौंका ५ स्थानबाट लुटपाटमा संलग्न भएको आरोपमा तीनजनालाई पक्राउ गरिएको उनले बताए।

२६६ दुर्घटना ७ जनाको मृत्यु

उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११ गतेदेखि कात्तिक ३० गतेसम्मको यो अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा २६६ सडक दुर्घटना भएका छन्।जसमा ७ जनाको मृत्यु भएको छ भने ३३० जना घाइते भएका छन्।यी दुर्घटनाबाट १०८ जना चालक पक्राउ परेका छन्।

कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार काठमाडौंमा १३३ दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने १६० जना घाइते भएको छन्। ललितपुरमा ४९ दुर्घटनामा चारजनाको मृत्यु र ४५ जना घाइते भएका छन् भने, भक्तपुरमा ८४ सडक दुर्घटनामा एकजनाको मृत्यु र १२५ जना घाइते भएका छन्।

यस्तै यही अवधिमा काठमाडौंका आठ, ललितपुरका चार र भक्तपुरका दुई ठाउँमा आगलागीका घटना भएका छन् । जसमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीकी ८२ वर्षीया वृद्धाको मृत्यु भएको छ।सबै आगलागीहरूमा आठ करोड ७७ लाख ४५ हजारको क्षति भएको प्रहरीले जनाएको छ।

प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मैनालीले यसवर्ष उपत्यकाको चाडवाड सुरक्षा स्थिती सामान्य रहेको दाबी गरे। ‘यसवर्ष छिटपुट घटनाबाहेक समग्रमा शान्ति सुरक्षाको स्थिती सामान्य रहेको हाम्रो बुझाइ छ,’ उनले भने,‘अघिल्ला वर्षहरूमा यो भन्दा अत्याधिक बढी घटना घट्थे।त्यसैले ती वर्षको तुलनामा यसवर्ष घटनामा कमी देखिएको छ।’ यसवर्ष चाडवाड सुरक्षामा प्रहरीले अत्याधिक मात्रामा प्रबिधिको प्रयोग गरेकाले पनि शान्ति सुरक्षा योजना बढी प्रभावकारी देखिएको उनको दाबी छ ।

प्रकाशित: ३० कार्तिक २०८० १३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App