१७ श्रावण २०८३ आइतबार
image/svg+xml
अर्थ

‘प्यान नम्बर’ लिन सुर्खेत जानुपर्ने बाध्यता हट्यो

आन्तरिक राजश्व कार्यालय सुर्खेतबाट दिईदै आएको ब्यक्तिगत तथा व्यवसायिक स्थायी प्यान नम्बर अब दैलेखबाटै वितरण गर्न थालिएको छ । दैलेखको नारायण नगरपालिकाबाट स्थायी प्यान नम्वर वितरण हुन थालिएको हो ।  

नारायणपछि आठविस नगरपालिकाबाट दिने कार्ययोजना छ ।  सरकारको निर्णय अनुसार पालिकामा कर सम्बन्धी सेवा विस्तार योजना अनुसार दैलेखमा पनि सुरु भएको जनाईएको छ ।  

कर सम्बन्धी सबै काम लिन सुर्खेत जानुपर्ने बाध्यता सेवा विस्तारसँगै हटेको छ। अनलाइनबाटै करचुत्ता लगायतका सुविधा भईरहेको बेला पालिकाबाट पनि करसम्बन्धी सेवा सुरुवात भएको आन्तरिक राजश्व कार्यालय सुर्खेतका प्रमुख चक्र ढुंगानाले बताए ।  

कुनै पनि लेखा नम्बर (प्यान नम्बर) अब पालिकाबाटै गर्ने गरी सेवा विस्तार भएको जनाईएको छ ।  

नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले सेवा र सुविधाका हिसावले नागरिकहरुले जिल्लामै कर सम्वन्धी सेवा लिन पाउने भएपछि खुसी ब्यक्त गरे । आन्तरिक राजश्व कार्यालयले दैलेखपछि अन्य पालिकामा पनि कर सम्वन्धी सेवा विस्तार गर्ने कार्ययोजना राखेको छ ।

 

प्रकाशित: ११ जेष्ठ २०८३ १९:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App