७ आश्विन २०८१ सोमबार
image/svg+xml

पेट्रोलमा कालो बजारी गर्ने तीन पक्राउ

सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरिएको छ।

'चोर पक्राउ गर्न’ भारतीय प्रहरी दैलेखमा

चोर पक्राउ गर्न भनी भारतीय प्रहरी पोशाकसहित सोमबार साँझ दैलेख सदरमुकाममा आएका छन्। दैलेखकै एक युवकले ५० लाख भारतीय रुपैयाँ चोरी गरेर दैलेखमा आएको भन्दै खोजतलासीका लागि पोशाकसहित भारतीय प्रहरी सदरमुकाम आइपुगेका हुन्।

काठसहित तीन पक्राउ

इलाका प्रहरी कार्यालय छिन्चुले ३३.९९ क्युफिट सालको काठसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार भेरीगंगा–१० सालबारीमा सोमबार बेलुका भे१च ४१६१ नम्वरको ट्याक्टर चेकजाँचका क्रममा उक्त काठ बरामद गरिएको हो।

एक लाख ७७ हजारको गहनासहित एक पक्राउ

करिब एक लाख ७७ हजार रुपैयाँ पर्ने साढे २ किलो चाँदीका अवैध गरगहनासहित एक युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। मकवानपुरले प्रहरीले चाँदीका विभिन्न गरगहनासहित बाग्लुङको जैमिनि नगरपालिका ७ का ३६ वर्षीय कृष्ण रसाईलीलाई आइतबार सार्वजनिक गरेको हो।

लागुऔषधसहित एक जना पक्राउ

जिल्लाको सम्सी गाँउपालिका–६ कनहस्थित सीमा ईलाकाबाट फागुन ३० गते एपीएफ टोली र स्थानीय प्रहरीले कोरेक्स र नाईट्रोभेट नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

भाउजुको हत्या आरोपमा दुई युवा पक्राउ

आठराई गापालिका–४, ईवा तीनसल्ले बस्ने बिन्दा पुरीको हत्या गरेको आशंकामा दुई जना युवालाई प्रहरीले ईटहरीको सुनसरीबाट पक्राउ गरेको छ।

बलात्कार आरोपमा एक पक्राउ

एक शारीरिक अपाङ्गता भएकी युवती बलात्कार आरोपमा उदयपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ। फरक क्षमताकी २६ वर्षीया युवतीमाथि जवरजस्ती गरेको आरोपमा त्रियुगा नगरपालिका ९ का १९ वर्षीय बबित मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

मेडिकल अनुमति नभएका चिकित्सक पक्राउ

अर्कैको एनएमसी नम्बर प्रयोग गरेर वीरेन्द्रनगरमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका डाक्टर दीपेन्द्र काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो।

नक्कली चिकित्सक पक्राउ

नक्कली एनएमसी नम्वर प्रयोग गरेर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका डा. दीपेन्द्र काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ।

विप्लव समूहका १४ कार्यकर्ता हतियार सहित पक्राउ

धनुषाबाट एक बालिकाको अपहरण गरी उदयपुर पुगेका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका १४ जना नेता कार्यकर्ता पक्राउ परेका छन्।

चेक बाउन्सको आरोपमा पक्राउ

जिल्ला प्रहरी कार्यालय दाङले चेक बाउन्सको आरोपमा पीडितको उजुरीका आधारमा इटहरीबाट एक व्यक्तिलाई पक्राउ गरेको छ।

वार्ताभन्दा पक्राउमा ध्यान

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको एक वर्ष बिते पनि वार्तामा ल्याउन सकेको छैन।

हतियारसहित दुई जना पक्राउ

प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। गढिमाइ नगरपालिका वडा नम्बर ६ स्थित बागमति पुलबाट दुर्इ जनालाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्