५ आश्विन २०८१ शनिबार
image/svg+xml

उदयपुरमा सर्वसम्मत गर्ने प्रयासमा गठबन्धन दल

आसन्न स्थानीयतह चुनावमा सत्तारुढ दलहरुबीच गठबन्धनलाई सर्वसम्मत बनाउने प्रयास भइरहेको छ।

'राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्कोतर्फ'

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले सबैको ध्यान आकर्षित गरिरहेको छ।

एकीकृत समाजवादीको निर्वाचन कमाण्डरमा नेपाल

एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी (एस)ले स्थानीय तह निर्वाचनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाललाई कमाण्डर तोकेको छ।

स्थानीय तह निर्वाचन: महिला आकांक्षी किन कम?

सामाजिक सञ्जालदेखि संचारमाध्यममा अहिले आकांक्षीहरुबारे चर्चा हुने गरेको छ। सबैजसो राजनीतिक दलमा अहिले स्थानीय तह हाँक्न चाहने आकांक्षीको लामो लिष्ट छ। तर, ती सबैजसो आकांक्षी पुरुष छन्। एकाध बाहेक महिलाका आकांक्षी उम्मेदवारबारे चर्चा कमै छ। स्वयं महिला पनि उम्मेदवारी बारे पुरुष जति खुलेका छैनन्।

तनहुँमा कांग्रेसलाई जोशी समूहको डर

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गर्न भूमिका खेलेको आरोपमा कारबाही भोगेका जोशीको समूह तनहुँ कांग्रेसका लागि चुनौती बन्ने कांग्रेस नेताहरू नै स्विकार्छन्।

स्थानीय तह निर्वाचनः उम्मेदवार खुट्याउनै सकस

स्थानीय तह निर्वाचनको दिन नजिकिँदै गएको छ। निर्वाचन नजिकिएसँगै राजनीतिक दल तल्लोस्तरसम्म उम्मेद्वार छान्न व्यस्त छन्। स्थानीय तह अन्तर्गत वडा तहसम्म उम्मेद्वार छान्न अहिले दलहरुलाई हम्मेहम्मे छ। आकांक्षी धेरै हुँदा उम्मेद्वार खुट्याउन सकस भईरहेको दलले बताएका छन्।

स्थानीय निर्वाचनः लागु भयो आचारसंहिता

आचारसंहितअनुसार कसैको चरित्र हत्या हुने र व्यक्तिगत लाञ्छना लगाउने प्रकृतिका सामग्री प्रकाशन वा प्रसारण गर्न गराउन पाइनेछैन। त्यस्तै निर्वाचनको मत सर्वेक्षण सार्वजनिक गर्न पनि आयोगले रोक लगाएको छ।

धादिङको नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा धादिङको नीलकण्ठ नगरपालिका देशभरमै उत्कृष्ट बनेको छ।

गठबन्धनलाई बढार्नुपर्छः ओली

नेकपा एमाले बाँकेले बिहीबार नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बनाउन अब पाँचदलीय गठबन्धनलाई हराउन अपरिहार्य रहेको तर्क गरे।

आचारसंहितालाई थप स्पष्ट पार्न तयार छौँः निर्वाचन आयोग

बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले प्रस्तावित निर्वाचन आचारसंहिताका केही प्रावधानका बारेमा दलले आग्रह गरे स्पष्ट पार्न तयार रहेको बताए।

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ।

स्थानीय तह निर्वाचनमाथि बहस

संविधानले साँच्चै नेपाली समाजको समृद्धिका लागि सामन्ती, निरङ्कुश, केन्द्रीकृत र एकात्मक शासन प्रणालीले सिर्जेका तमाम विभेद, शोषण र उत्पीडनको अन्त्यमात्र होइन, सामाजिक न्याय र समतामूलक समाजको समेत परिकल्पना गरेको छ। प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्रात्मक मान्यता भएको, समाजवादप्रति प्रतिबद्ध समृद्ध राष्ट्र नेपाली जनताले देखेका सपना हो।

उम्मेदवार सिफारिसमा कांग्रेस केन्द्रित

सत्ता गठबन्धनमा रहेका राजनीतिक दलसँग स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने निर्णयपछि तल्ला तहमा आकांक्षीको संख्या निकै बढेको छ।

जनकपुरधाममा मेयरका दाबेदार वडाध्यक्षदेखि सांसदसम्म

विभिन्न दलबाट उम्मेदवारका आकांक्षीले पनि आन्तरिक रूपमा तयारी तीव्र बनाएका छन्। आकांक्षीहरूले टिकटका लागि शीर्ष नेताहरूसँग लबिङ गर्न थालेका छन्। टिकट पाउने सम्भावना नदेखिएका आकांक्षीले दल त्याग गर्ने क्रम पनि बढेको छ। तुलनात्मक हिसाबले अघिल्लो निर्वाचनभन्दा यसपालि बढी प्रतिस्पर्धा हुने देखिएको छ।

स्थानीय तह निर्वाचनः पोखरामा झन्डै ४० हजार नयाँ मतदाता

पोखरा महानगरमा मात्र ३९ हजार ६ सय ४५ जना मतदाता थपिएका छन्। ती मतदाता पहिलो पटक निर्वाचनमा मत दिँदैछन्। यसअघि २०७४ मा स्थानीय तह निर्वाचन हुँदा पोखरा महानगरपालिका भित्र १ लाख ६८ हजार ६७ जना मतदाता थिए। थपिएका सहित यो पटकको निर्वाचनमा २ लाख ७ हजार ७ सय १२ जनाले मत दिँदैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्