१२ मंसिर २०८१ बुधबार
image/svg+xml

साउदी राजाद्वारा अस्पतालबाटै मन्त्रिपरिषदको अध्यक्षता

बिरामी भएर अस्पतालमा उपचार गरारहेका साउदी अरेबियाका राजा सल्मानले मंगलबार साँझ अस्पतालबाटै भर्चुअल माध्यमबाट मन्त्रिपरिषदको अध्यक्षता गरेका छन् ।

महेन्द्र महिमा

अथक मेहनत गरेर राष्ट्र र जनताको अनुहार हँसिलो बनाउन अहर्निश प्रयत्न गर्दागर्दै ५१ वर्षकै उमेरमा परलोक भएका राजा महेन्द्रले आफ्नो शासनकालमा जे/जति काम गरे, त्यो जगजाहेर छ। झापाबाट कञ्चनपुर जोड्ने महेन्द्र राजमार्ग होस् वा विकास निर्माणका ५० औँ आयोजना अहिले पनि राजा महेन्द्रको स्मृति दिलाइरहेका छन्।

बाढी पहिरोका घटनाप्रति पूर्वराजाद्वारा दुःख ब्यक्त

पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। एक विज्ञप्ती जारी गर्दै शाहले ‘बर्षातको कारण हाम्रो देशको हिमाल, पहाड र तराईका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाईते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको र धेरै घरवार विहिन भएको सुन्दा, देख्दा र बुझ्दा म अत्यन्त दुखित भएको छु’, शाहद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ।

राजदरबार पुग्ने पदमार्ग निर्माण

ऐतिहासिक कौडेको धुरी, राजाको दरबार क्षेत्रमा पालिकाले आवश्यक पूर्वाधार व्यवस्थित बनाउन बरेङ विस्तृत परियोजना प्रस्ताव तयार गरेर संरचना निर्माणका काम थालेको छ । नेपालको बाइसे–चौबीसे राज्यका पालामा कौडेको धुरीमा भुरे राजाको दरबारका भग्नावशेष र पुरातात्विक शिलालेख अझै देख्न सकिन्छ ।

शक्तिको दुरुपयोग

गुन्द्रुक पकाउने कि पुलाउ, घरज्वाइँको इच्छामा हुँदैन। त्यस्तै, अमेरिका जे भन्छ, त्यो लुरुलुरु मान्न बाध्य छ राष्ट्र संघ।

के नेहरुले राजा महेन्द्रलाई मात्र चिट्ठी लेख्थे ?

राजालाई प्राप्त नेहरूको चिट्ठीलाई आधार मानेर त्यो क्षेत्र (कालापानी) तत्काललाई भारतलाई उपयोग गर्न दिने निधो भयो। दिल्लीस्थित् राजदूत प्रोफेसर यदुनाथ खनालको पनि यसमा अनुकूल विचार नै आयो र तदनुसार लेखापढी गरी भारतीय पक्षलाई जानकारी दिन निर्देशन गयो।

पूर्वराजा फिर्ता

पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडौँ फिर्ता भएका छन्।

गृहको आदेशमा सवारी पास बनेपछि पूर्वराजा शाह झापाबाट काठमाडौं हिँडे

गृहमन्त्रालयले पास उपलब्ध गराएपछि पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं हिँडेका छन्। शाहका प्रेस सल्लाहकार फणी पाठकले पूर्वराजा शाह झापाबाट काठमाडौंको लागि प्रस्थान गरेको बताए। 'पास बनेपछि अहिले विहान उहाँको सवारी छुटेको छ', नागरिकसँग उनले भने।

कोरोना नियन्त्रण कोषमा पूर्वराजाको दुई करोड सहयोग

पूर्वराजा ज्ञानेन्द्र शाहले 'कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष' मा दुई करोड सहयोग गरेका छन्।

जननिर्वाचित नवराजबाट जन्मिएको श्री स्वस्थानी

राजाहरूबीचको भैँझगडाबाट वाक्कदिक्क भएका जनताले जननिर्वाचित राजा हुनुपर्ने आवाज उठाए। र, गोमाका छोरा नवराजले राजा बनेर शासन–सत्ता चलाउन थाले।

ढाकरमा राजाको फोटो

सरकारले पृथ्वीनारायणप्रति आधिकारिकरूपमा सम्मान व्यक्त गरेका भए सुखद सन्देश प्रवाह हुन थियो। सरकार विदेशी शक्तिको घेरामा छ भन्नेहरू नाजवाफ हुने थिए।

देशलाई नचाहिंदो विवादमा नतानौं : ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकलाई नचाहिँदो विवादमा नपार्न आग्रह गरेका छन्। २९८औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शनिबार एक सन्देश जारी गर्दै ज्ञानेन्द्रले जनताको चाहना अनुसार अघि बढ्नु पर्ने जनाएका हुन्।

स्मरणीय राजा वीरेन्द्र

राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रलाई मिलाएर अगाडि बढ्न सकिन्छ भन्ने धारणा राख्ने राजा वीरेन्द्रप्रति सबै राजनीतिक नेता आस्था राख्थे। राजा वीरेन्द्रले प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह तथा एमालेका अध्यक्ष मनमोहन अधिकारी र मदन भण्डारीसँग राम्रो समझदारी कायम गरेका थिए।

आफै गाडी चलाएर पुगे पुर्वराजा ज्ञानेन्द्र कपिलवस्तु महोत्सव

पुर्वराजा ज्ञानेन्द शाहले शुक्रबार साँझ जिल्लाको बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा जारी ११ औं कपिलवसतु महोत्सवको अवलोकन गरेका छन्। जिल्लाको गोरुसिंगेस्थित पशुपति मन्दिरको दर्शनपछि उनी महोसत्व स्थल पुगेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्