१२ मंसिर २०८१ बुधबार
image/svg+xml

राजालाई गीत फुराउने बन्दीपुरे गाउँ

यो गीत राजा महेन्द्रद्वारा रचिएको थियो । प्रकृति, राष्ट्रप्रेम र प्रेमिल शब्दमा गीत लेख्न रुचाउँथे रे महेन्द्रले । जसै उनी बन्दीपुर पुगे फुरिहाल्यो रे गीत । मोटरबाटो नपुगेको गाउँमा घोडा चढेर, बोकिएर अथवा हिँड्नुको विकल्प थिएन । समुद्री सतहदेखि एक हजार ३० मिटरको उचाइमा रहेको बन्दीपुर । काठमाडौंबाट १ सय ४७ किमी पर छ गाडीमा जाँदा । राजा महेन्द्र त्यहाँ पुग्दा गाडीको सुविधा थिएन । डुम्रेबाट आठ किमी सडक बनेको त भर्खरै एक दशक त नागेको छ ।

नाइट क्लबमा यसरी नाचे पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित नाइट क्लब पुगेर नाचेका छन्। परिवार सहित एलओडी नाइट क्लब पुगेका उनी नाचेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा चर्चित छ। खैरो कोट, ढाका टोपी र टाइमा सजिएका ज्ञानेन्द्र शाहले नाच्दा नाच्दै कोट फुकाल्छन्। क्लबमा उनीसँग सेल्फी खिच्नेको भिडनै लाग्छ। उनले क्लबमा आएकाहरुलाई हात ठड्याउँदै अभिवादन समेत गर्छन्।

श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार राजापाक्षे विजयी

श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका तर्फबाट उम्मेदवार बनेका पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित भएका छन्।

महेन्द्रले पत्याएका मान्छे

राजा महेन्द्रले किसान, मजदुर, सेना, प्रहरी, कर्मचारी र निम्न मध्यम वर्गलाई प्रसन्न बनाएर राष्ट्रको बृहत्तर हितका निम्ति काम गरे। उनले पत्याएका मान्छेहरूले क्षमताले भ्याएसम्म सत्कर्म गरे।

पूर्वराजाकाे चेतावनी: 'परिवर्तनकारी शक्तिहरु नै अप्ठेरोमा पर्न सक्छन्'

पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरुनै अफ्ठ्यारोमा पर्न सक्ने चेतावनी दिएका छन् ।

भुटानी राजाले भने : मेरो जन्मस्थान नेपाल भएकोले भावनात्मक सम्बन्ध छ

भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले आफू नेपालमा जन्मेको बताएका छन्। बिहीबार ओहदाको प्रमाणपत्र बुझाउन गएका भुटानका लागि गैरआवासीय राजदूत निलाम्बर आचार्यसँगको संक्षिप्त भेटमा राजा जिग्मेले आफू नेपालमा जन्मेको र नेपालीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए।

अनिष चौथो पटक ‘लिगलिगे राजा’

एक सय ६५ प्रतिसपर्धीलाई पछि पार्दै पर्वतका अनिष थापामगर दशौँ ‘लिगलिगे राजा’ भएका छन्। चेपेघाट देखि लिगलिगकोट दरबार सम्म १३ दशमलव ८ किलोमिटर दुरी ५७ मिनेट ५५ सेकेन्डमा पुरा गर्दै उनी चौँथो पटक राजा बनेका हुन्।

लिगलिगे राजा अब ‘एम्बेस्डर’ पनि

हरेक वर्ष हुँदै आएको गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने दौड यस वर्ष असोज १६ गते हुने भएको छ। दौडमा पहिलो हुनेलाई राजा घोषणा गर्दै श्रीपेचको साथमा ६० हजार एक सय रुपैयाँ पुरस्कार सँगै ‘लिगलिग एम्बेस्डर–२०७६’ घोषणा गरिने आयोजकले जनाएको छ।

जहाज कुराउँछन् नेता, आपत्ति जनाउनेलाई राजावादीको आरोप

क्याप्टेनद्वयले चिसोका कारण जहाजमा समस्या आउनसक्छ भनेर एउटा इन्जिन बन्द गरेर अर्काे इन्जिन चालू अवस्थामै राखे। तर औपचारिक कार्यक्रममा मस्त भएका नेताहरुले १ घण्टा २० मिनेट बितिसकेको पत्तै पाएनन्।

हल्ला साँचो हुन लागेको हो ?

यही नागरिक दैनिकमा गत जेठ २९ गते प्रकाशित ‘राजा किन चाहियो ?’ लेखका विषयमा एउटा पाठकले मलाई बाटामा रोके। र, सोधे– ‘तपाईंलाई अहिले आएर राजा किन चाहियो ? यति धेरै परिवर्तन भइसक्यो। अब राजाले के गर्न सक्छ ?’ हुन त मैले राजसंस्था किन चाहियो भनेर त्यस लेखमै आफ्नो तर्क पेस गरिसकेको थिएँ। तर एउटा पाठकको सीधा प्रश्नको उत्तर नदिई हिँड्नु ठीक लागेन। मैले भनें, ‘राजा मलाई चाहिएको होइन। हाम्रो देशलाई चाहिएको हो।’ मेरा एकजना साथीले करिब एक दशकअगाडि यो देश नरहने भयो, अरूको गुलाम हुने भयो, त्यसकारण म अमेरिकामा बसाइँ सरेको छु भनेका थिए। उनले १० वर्षभित्र यो काम हुन्छ भनेर तोकेका पनि थिए।

पूर्वराजा ज्ञानेन्द्र र पारस शाहका अवाञ्छित गतिविधि रोक्न सांसदको माग

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद बलराम प्रसाद बाँस्कोटाले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

‘राजालाई भेटेर नाक यत्रो फैलाउनेहरु परिवर्तनको विरुद्धमा अपराध गर्दैछन्’

नेकपाका सांसद रामनारायण विडारीले गणतन्त्र, संघीयता, संविधानविरुद्ध राजावादी शक्तिहरु सल्बलाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

सर्वदलीय बैठकः पूर्वराजा र विप्लव समूहबारे छलफल, प्रमको प्रस्तावमा देउवाले के भने?

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहलगायत राजावादी शक्ति र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिबारे छलफल भएको छ।

‘नागार्जुन दरबार प्रचण्डको बिर्ता हो ?’

प्रधानमन्त्री नयाँ आएसँगै पुर्वप्रधानमन्त्री भने झै अर्को राजा नआएकै अवस्थामा राजालाई पुर्वराजा भन्नु हास्यासपद रहेको बताइन्। उनले राजा राजाकै रुपमा रहने पुर्व राजा कहिल्यै नबन्ने बताइन्। उनले राजाको शासन कालमा एउटा सिस्टममा राज्य संचालन हुने गरेको भएता पनि मुलुकमा संघियता सँगै बेथिति बनेको बताइन्।

कमल थापापछि राजसंस्थाको पक्षमा उभिए पशुपति राणा, पूर्वराजासँग नडराउन ‘प्रचण्ड’लाई आग्रह

गणतन्त्रको वकालत गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीको एक घटकका नेता पशुपतिशम्शेर जबरा राजसंस्थाको पक्षमा उभिएका छन्। जबराले यसअघि हिन्दु राष्ट्रको माग राख्दै आएकोमा पछिल्लो समय भने राजसंस्थालाई पनि एजेण्डा बनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्