१२ मंसिर २०८१ बुधबार
image/svg+xml

प्रजातन्त्र ल्याउन योगदान दिनेहरू

विसं ०२६/०२७ तिरको कुरा, म त्यसबेला गोरखापत्रमा काम गर्थे। त्यसबेला काठमाडौंको नयाँ सडकमा अमेरिकी सूचना केन्द्र थियो। त्यही भवनमा ‘अमेरिकी पुस्तकालय’ पनि थियो। कृष्णमान मानन्धर पुस्तकालयका प्रमुख थिए।

बाढी पहिरोका घटनाप्रति पूर्वराजाको दु:ख व्यक्त

बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गरेका छन्। एक विज्ञप्ति प्रकाशित गर्दै उनले भनेका छन् 'यो बर्षको मौसमी बर्षासंगै राजधानी लगायत देशका बिभिन्न भूभागमा आएको बाढी पैह्रोको प्रकोपले धेरै जन धनको क्षति भएकोमा मलाई दु:खी तुल्याएको छ।'

कस्तो राजा ?

नेपालले चाहेको संरक्षक राजा हो, सक्रिय होइन। नेपालमा राजतन्त्र अन्त्यराजाको सक्रियताका कारण भएको हो। सक्रियता राम्रो हो तर खतरनाक पनि हो। असफल सक्रियताले विनाश ल्याउँछ। २०६३ सालमा भएको त्यही हो। १२ वर्षसम्म गणतन्त्रको चहलपहलपछि नेपाली नागरिक राजसंस्थाको खोजीमा छन्। नेपालमा राजतन्त्रको बहिर्गमन जनताको इच्छाअनुसार भएको थिएन।

महेन्द्रले नेपालको भावनात्मक एकता गरे : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा महेन्द्रले नेपालको भावनात्मक एकता गरेको बताएका छन्। राजा महेन्द्रको १०० औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिष्ता, विकास र अन्तराष्ट्रिय सम्वन्धका सन्दर्भमा राजा महेन्द्र बहुआयमिक व्यक्तित्व’ विषयक कार्यक्रममा थापाले पृथ्वीनारायण शाहले भूगोलको र महेन्द्रले भावनाको एकता गरेको बताए।

राजा वीरेन्द्रको सम्झना

दरबारका पुराना फर्निचरसमेत मर्मत गरेर काम चलाउने, उत्ताउलो खर्च नगर्ने, सरल रहन मन पराउने, शिष्टाचारमा विशेष ध्यान दिने, राजोचित व्यवहार प्रदर्शन गर्ने, सबैलाई मीठो बोलेर आफ्नो बनाउने अद्भूत गुण थियो, वीरेन्द्रमा।

प्रधानमन्त्री राजाभन्दा घमण्डी भए : कांग्रेस नेता राणा

नेपाली कांग्रेस नेता उदयशम्सेर राणाले वर्तमान प्रधानमन्त्री राजाभन्दा अहम र घमण्डी देखिएको आरोप लगाएका छन्। खोटाङमा बुधबार कांग्रेसको राष्ट्रिय जागरण अभियान उद्घाटन गर्दै कांग्रेस नेता राणाले वर्तमान प्रधानमन्त्री ओली राजाभन्दा अधिनायकवादी बनेको आरोप लगाएका हुन्।

जापानका नयाँ राजाको पहिलो सम्बाेधनः 'विश्व शान्तिका लागि सँगै काम गरौँ'

राजामा नियुक्त भएपछिको पहिलो सम्बाेधन गर्दै शनिबार उनले सबै देशहरुसँग हातमा हात मिलाएर अगाडी बढ्न आफूले चाहेको बताए।

थाइल्याण्डका राजाले गरे आफ्नै 'सुरक्षा गार्ड'सँग चौथो विवाह

थाइल्याण्डका राजा महा वजिरालंगकर्नले आफ्नै सुरक्षामा खटिएकी एक महिलासँग विवाह गरेका छन्। उनले आफ्नो व्यक्तिगत सुरक्षा अंग उप प्रमुखसँग विवाह गरेका हुन्। विवाहपछि उनलाई रानी सुथिडा नाम दिइएको छ।

जापानी राजाद्वारा गद्दीत्याग, ‘हेइसी’ युगको अन्त्य

जापानी राजा आकिहितोले मङ्गलबार राजगद्दी त्याग्नु भएको छ। यसको साथै हाल जापानमा चलिरहेको ‘हेइसी’युगको अन्त्य भएको घोषणा गरिएको छ। तीन दशकसम्म चलेको हेइसी युग यही महिना वर्तमान राजा आकिहितोले गद्दीत्यागसँगै अन्त्य भएको हाे।

विकृतिबाट वितृष्णा

राजाकै शैलीमा सेवासुविधासहित करोडौंका गाडी र हेलिकोप्टर खरिदले आमजनतामा गणतन्त्र र यसका संस्थाहरूप्रतिको लगाव कमजोर बनाएको छ। राजनीतिक दल र तिनका नेताले आफूलाई समाजको अलग्गै दर्जाको व्यक्तिका रूपमा प्रस्तुत गर्दा राजाको शासनविरुद्ध सडकमा उत्रिएका जनतामा एक दशक पूरा नहुँदै दलहरूप्रति वितृष्णा जाग्नु लोकतान्त्रिक गणतन्त्रका लागि सुखद कुरा होइन।

लोकतन्त्रका नेता राजाजस्ता

ज्यानको बाजी थापेर सडकमा उत्रिएका जनताले यत्तिकै नारा लगाएका थिएनन् – ‘श्रीपेच हामी जलाउछौँ/देश हामी चलाउछौँ।’ नाराको ‘हामी’ शब्दले सबै नेपाली जनतालाई समेटेको थियो। तर लोकतन्त्र स्थापनाको १३ वर्षमा देश ‘हामी’ले नभई फेरि पनि केही मानिसहरूले चलाईरहेको महसुस भईरहेको छ।

दोस्रो किस्ता नपाएपछि ११ सय दलितका घर अलपत्र

जनता आवास कार्यक्रमबाट निर्माण हुन लागेका डोल्पाका एक हजार एक सय घर अलपत्र परेका छन्। त्रिपुरासुन्दरी नगरपलिका–१ त्रिपुराकोट रल्लीस्थित राजा रानी क्षेत्रमा निर्माण हुन लागेका जनता आवासका बस्ती पूर्ण रुपमा निर्माण नभई अलपत्र परेका छन्।

पूर्वराजाको सन्देश

मुलुक भ्रष्टाचार र बेथितिका काण्डै–काण्डमा चुर्लुम्म डुबिरहेको अवस्थामा हामी नयाँ वर्षमा प्रवेश गरेका छौँ। जे जति पनि भ्रष्टाचार, बेथिति र लुटतन्त्रका घटना बाहिर आएका छन् ती मूलतः सञ्चार माध्यमबाटै बाहिर आएका छन्। बाहिर नआएकात कति होला होला। विगतमा झैँं यसपटक पनि राजनीतिक नेता र पूर्वराजा ज्ञानेन्द्रबाट नयाँ वर्षको शुभकामना व्यक्त गर्ने काम भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्