४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

थाइल्याण्डका राजाले गरे आफ्नै 'सुरक्षा गार्ड'सँग चौथो विवाह

तस्बिरः एजेन्सी

थाइल्याण्डका राजा महा वजिरालंगकर्नले आफ्नै सुरक्षामा खटिएकी एक महिलासँग विवाह गरेका छन्। उनले आफ्नो व्यक्तिगत सुरक्षा अंग उप प्रमुखसँग विवाह गरेका हुन्। विवाहपछि उनलाई रानी सुथिडा नाम दिइएको छ।

बुधबार ६६ वर्षीय  वजिरालंगकर्नले विवाह गरेको सार्वजनिक भएपछि सबैजना अचम्मा परेका छन्। शनिबार राजा महा वजिरालंगकर्णको राज्याभिषेक हुँदैछ। विवाह समारोहको दृश्य थाई टेलिभिजनबाट बुधबार बेलुकामात्रै देखाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

सन् २०१६ मा उनका पिता राजा भूमिवोल अदुल्यादेजको निधनपछि उनी राजा भएका हुन्। सन् २०१४ मा राजा वजिरालंगकर्नको अंगरक्षकको टिममा समावेश भएकी थिइन्। राजा वजिरालंगकर्नको यसअघि तीनजनासँग विवाह भएको थियो। तीनै जनासँग सम्बन्ध बिच्छेद पनि भैसकेको छ।

प्रकाशित: १९ वैशाख २०७६ ०४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App