रामेछाप– राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवम् प्रदेश नम्बर–३ की सांसद् रीता माझीले सत्तारूढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागार्जुनबाट राजा खेद्ने भन्दै दिएको अभिव्यक्तिप्रति आपति प्रकट गरेकी छिन्। उनले राजा खेदनका लागि नागार्जुन दरबार प्रचण्डको विर्ता हो? हो भने खेदेर देखाउन प्रचण्डलाई चुनौति दिएकी हुन्।
सोमबार आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)को २० औं स्थापना दिवसको अवसरमा फोनिज रामेछापले गरेको संवैधानिक व्यवस्था र मिडियामा समाबेशीता विषयक अन्तरक्रिया तथा उत्कृष्ट आदिवासी जनजाति पुरस्कार २०७६ वितरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा जिल्ला पुगेकी सांसद माझीले नागार्जुनबाट राजा खेद्ने प्रचण्डको अधिकार नभएको बताइन्। उनले प्रचण्ड आफु शक्तिमा रहेर शक्तिमा नरहेको मान्छेसँग डराएर सार्वजनिक रुपमा अभिव्यक्ति दिनु प्रचण्डको राजनैतिक उचाइमा लजास्पद रहेको बताइन्।प्रचण्डले केही समय अघि सिन्धुली र रामेछापलाई जोडने खैरेनीस्थित सुनकोशी पुलको उद्धघाटनका क्रममा प्रचण्डले राजाले धेरै चुरीफुरी गरे जनताले नागार्जुनबाट लखेटने अभिव्यक्ति दिएका थिए। उनले उक्त अभिव्यक्तिको खण्डन गर्दै पृथ्वीनारायण शाहको एकताको सन्देशलाई नविर्सिन प्रचण्डलाई आग्रह गरिन्। हिजोका तिनै राजाको योगदानको कारण मुलुक आज सम्म यो अवस्थामा रहेको र पृथ्वीनारायण शाहले एकताको लागि संघर्ष नगरेको भए नेपालको अस्तित्व उहिले नै सकिने र भारतको एकटुक्रा भएर नेपाल रहने तर्फ फर्केर हेर्न आग्रह गरिन्।
उनले आज स्थानीय तह देखि प्रदेश र संघमा समेत भ्रष्टचार बढदो रहेको बताइन । उनले राजाका आसपासमा रहेका दलहरु आज आफुलाई मुलुकका नाइके ठान्ने तर देशलाई विभाजित गर्ने अवस्थामा रहेकोमा दुख व्यक्त गरिन। प्रधानमन्त्री नयाँ आएसँगै पुर्वप्रधानमन्त्री भने झै अर्को राजा नआएकै अवस्थामा राजालाई पुर्वराजा भन्नु हास्यासपद रहेको बताइन्। उनले राजा राजाकै रुपमा रहने पुर्व राजा कहिल्यै नबन्ने बताइन्। उनले राजाको शासन कालमा एउटा सिस्टममा राज्य संचालन हुने गरेको भएता पनि मुलुकमा संघियता सँगै बेथिति बनेको बताइन्।
फोनिज रामेछापले उत्कृष्ट आदिवासी जनजाति पुरस्कार २०७६ बाट पत्रकार सुमित श्रेष्ठलाई प्रदान गरेको छ। श्रेष्ठलाई नगद पाँच हजार र कदर पत्र कार्यक्रमकी प्रमुख अतिथि सांसद माझीले प्रदान गरेकी थिइन्। फोनिज प्रत्येक बर्ष पुरस्कार वितरण गर्ने यस बर्षबाट पुरस्कार वितरण गर्न लागेको हो ।
प्रकाशित: २७ श्रावण २०७६ १४:१९ सोमबार