२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

गृहको आदेशमा सवारी पास बनेपछि पूर्वराजा शाह झापाबाट काठमाडौं हिँडे

गृहमन्त्रालयले पास उपलब्ध गराएपछि पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं हिँडेका छन्।  शाहका प्रेस सल्लाहकार फणी पाठकले पूर्वराजा शाह झापाबाट काठमाडौंको लागि प्रस्थान गरेको बताए। 'पास बनेपछि अहिले विहान उहाँको सवारी छुटेको छ', नागरिकसँग उनले भने।

बिहीबार सवारी पास रद्ध भएपछि काठमाडौं आउने तयारीमा रहेका उनी उतै अड्केका थिए। लकडाउन अगाडिबाट शाह झापाको दमकमा उनकै स्वामित्वमा रहेको चिया बगान हिमालगुडरिकमा बस्दै आएका थिए। बिहीबार उकका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय झापाबाट काठमाडौं जाने पास बनाए पनि गृहको निर्णयपछि रद्ध भएको थियो। सवारी पास बनाएर पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं हिडिसकेको प्रदेश १ का डीआईजी ईश्वरवावुकार्कीले बताए। 

प्रकाशित: २ जेष्ठ २०७७ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App