५ आश्विन २०८१ शनिबार
image/svg+xml

उपत्यकाको फोहोरमैला: अवैध कम्पनीको रजगज, वैधलाई निषेध

काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनमा कानुनी प्रक्रिया पूरा गरेर आउन लागेको वैध निजी कम्पनीलाई निषेध गरेर अहिले फोहोरमैला व्यवस्थापनमा अवैध कम्पनी तथा गैरसरकारी संस्थाको रजगज चलिरहेको छ।

पोखरालाई फोहोर व्यवस्थापनको सकस

फोहोर व्यवस्थापनको तरिका बुझ्न विभिन्न सहरमा अध्ययन गर्न पुगेको पोखरा महानगरको टोलीले अब के गर्ने भन्नेबारे अझै निर्णय गरिसकेको छैन। तर, धरान र भारतको दिल्लीको समेत फोहोर व्यवस्थापनको अभ्यास अध्ययन गरेर महानगर टोली पोखरा फर्किसकेको छ। भौतिक उपस्थितिमै अध्ययन गरिएको भएपनि तत्काल निर्णयमा पुग्न भने नसकेको महानगरले जनाएको छ।

चार दिनभित्र फोहोर व्यवस्थापन हुने

टेकु ट्रान्फरस्टेसनमा रहेका फोहोरबाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहोर व्यवस्थापनको काम यही सातासम्ममा सक्ने गरी काम भइरहेको कामपा वातारण विभागको प्रमुख सरिता राईले जानकारी दिइन्।

प्रविधिजन्य विषाक्त फोहोरको प्राज्ञिक पैरवी

राज्य जिम्मेवार हुने हो भने कुहिने र प्लास्टिकजन्य फोहोरको व्यवस्थापन त्यति ठूलो समस्या होइन तर प्रविधिजन्य फोहोरको व्यवस्थापन भने चुनौतीपूर्ण छ।

कुहिने फोहोर व्यवस्थापनका लागि स्थान पहिचान भएन

काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहोर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन।सम्भावित पाँच स्थानको पहिचान गरे पनि स्थानीय सकारात्मक हुन नसक्दा थप प्रक्रिया अघि बढ्न नसकेको महानगरले जनाएको छ।

खुला रूपमा फोहोर जलाउन प्रतिबन्ध लगाउन कानुन अभाव

‘फोहोरमैला व्यवस्थापन ऐन, २०६८ लाई संघीय संरचनाका हिसाबले अद्यावधिक गर्न प्रदेश र स्थानीय तहसँग छलफलमा छौं र प्रस्तावित ऐनको मस्यौदा तीन–चार महिनामा तयार हुनेछ,’ संघीय मामिला मन्त्रालयअन्तर्गतको वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख ऋषिराज आचार्य भन्छन्।

बञ्चरेडाँडा फोहोर विवादको टुंगो लगाउन तीन जिल्लाका सिडिओबीच छलफल जारी

छलफलमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यलगायत जनप्रतिनिधि तथा केही स्थानीयहरू सहभागी छन्।

फोहोर व्यवस्थापनमा गठबन्धनको चासो

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आवश्यक पहल लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

फोहोर बोकेका गाडी तोडफोड व्यवस्थापनमा थप अन्योल

बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा सोमबार राति अज्ञात समूहले काठमाडौंबाट फोहोर बोकेर गएका १४ वटा गाडी तोडफोड गरेपछि व्यवस्थापनमा थप जटिलता थपिएको छ।

पर्यटकीय शहर पोखराः जब रात ढल्दै जान्छ, सडकमा फोहोर खस्न थाल्छ

पोखराको न्यूरोड, सिर्जनाचोक, सभागृहचोक, चिप्लेढुंगा, पृथ्वीचोक क्षेत्रको मुल सडक किनारमा दिनहुँजसो फोहोरको थुप्रो लागेको हुन्छ, त्यो पनि एकाबिहानै। सडक छेउमा थुपारेको फोहोरलाई महानगरले एकाबिहानै उठाउने भएकोले दिनको समयमा देख्न नपाएपछि एकाबिहानै सडकमा हिड्दा ठाउँ-ठाउँमा थुप्रो र पोकाहरु ठड्याएको देखिन्छ।

फोहोरबाट ‘राजनीति’ कसले अलग्याउने?

फोहोरको सहज व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले साउन १ देखि कुहिने र नकुहिने फोहोर अलगअलग संकलन गर्ने सार्वजनिक सूचना जारी गरिसकेको छ। तर फोहोरमा मिसिएको ‘राजनीति’ नअलग्गिएकाले व्यवस्थापन झनै जटिल बन्दै गएको छ।

सडक सफाइ गर्दै प्रहरी र फोहोर व्यवस्थापन टोली (फोटोफिचर)

कपनको सरस्वतीनगरमा अव्यवस्थित रुपमा फोहोर फालेर सडक अवरुद्ध पारेर स्थानीयले विरोध गर्न थालेपछि सडक सफाइ गर्दै प्रहरी र फोहोर व्यवस्थापन टोली।

बन्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा

‘सरकार विगतमा आफूले गरेका बाचाबाट चुकेका कारण काठमाडौं र बञ्चरेडाँडबीचको फोहोरको कनेक्सन भदौ १ गतेबाट सधैंका लागि टुट्नेछ,’

सिसडोलवासीले भदौबाट फोहोरका गाडी जान नदिने चेतावनी दिएः मन्त्री चौधरी

‘बञ्चरे डाँडामा फोहोर फाल्ने कुराको हामी मन्त्रालयमा छलफल गरिरहेका छौँ। बञ्चरे डाँडा, सिसडोल भन्दा अरु मान्छेले पनि त्यहाँका जनतालाई नाक खुम्च्याउने गर्छन् त्यसलाई हामी रोक्छौँ। उनीहरुलाई शिर ठाडो बनाएर हिँड्ने वातावरण बनाउँछौँ। विद्यार्थीहरुमा पनि यसको असर परेको छ। आजबाट ल्याण्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्