coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

फोहोर व्यवस्थापनमा गठबन्धनको चासो

फाइल तस्बिर

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आवश्यक पहल लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। 

फोहोर नउठ्दा सहर दुर्गन्धित बन्दै गरेका बेला आइतबार दिउँसो सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरूको बालुवाटारमा बसेको बैठकले फोहोर व्यवस्थापन र महँगी नियन्त्रणमा सरकारले ध्यान केन्द्रित गर्नुपर्ने सुझाएका हुन्। फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकासहित अन्य स्थानीय सरकारसँग पनि परामर्श गर्न उनीहरूले प्रधानमन्त्री देउवालाई सुझाएका छन्। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उपत्यकामा केही दिनदेखि फोहोर व्यवस्थापन हुन नसकेकाले त्यसको उचित व्यवस्थापनका लागि आवश्यक पहल कदमी गर्न सरकारलाई सुझाव दिएको बताए।  

महँगी नियन्त्रणमा अनुगमनलाई चुस्त र प्रभावकारी बनाउन पनि सरकारलाई गठबन्धनले सुझाव दिएको जानकारी दिँदै कार्कीले फोहोरकै कारण कुनै पनि बेला महामारी फैलिन सक्ने भन्दै गठबन्धनमा आबद्ध दलहरूले हेरेर नबस्न सरकारलाई आग्रह गरेको बताए। 

त्यस्तै मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने सहमति गरेका सत्तारूढ दलहरूले सिट बाँडफाँटबारे ११ सदस्यीय कार्यदलभित्र भइरहेका छलफलका विषयमा पनि जानकारी लिएका थिए। बैठकमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धन हुँदै सरकारमा सहभागी हुन चाहेको विषयमा छलफल भए पनि कुनै निर्णयमा पुगिनसकेको नेताहरूले जानकारी दिए।

प्रकाशित: ३० श्रावण २०७९ ०१:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App