४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भूपेन्द्र बडुवाल हत्याकाण्डका अभियुक्तहरु कारागारभित्रै तान्छन् लागुऔषध

कैलालीस्थित जिल्ला कारागारभित्र लागुऔषधको सेवन गरेको भिडियो बाहिर आएको छ। भूपेन्द्र बडुवाल हत्याकाण्डका अभियुक्तहरुले लागुऔषध सेवन गरिरहेको भिडियो बाहिर आएको हो।

बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन्।

जलेश्वर कारागारका कैदी अस्पतालबाट फरार

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार जलेश्वर कारागारका कैदी जिल्ला कै लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी बस्ने २३ वर्षीय कृष्ण यादव जनकपुरस्थित आर्य अस्पतालबाट फरार भएका छन्।

इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडियो बाहिरिएपछि छानबिन सुरु

इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ।

कारागार अघोषित पार्टी कार्यालय

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको टिकट वितरणदेखि सरकार बनाउने, सरकारलाई समर्थन गर्ने वा नगर्नेजस्ता विभिन्न विषयमा छलफलका लागि डिल्लीबजार कारागार नाउपाको केन्द्रजस्तै बनेको छ।

दार्चुलाको जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

क्षमताबन्दा बढी कैदीबन्दी राखिँदा उनीहरुलाई बस्न समस्या भएको जिल्ला कारागारका जेलर रामराज पन्तले बताए।

कैदीबन्दी बिरामीलाई न उपचार न पोषण

केन्द्रीय कारागारका एक हजार दुई कैदीबन्दीले अहिले चिकित्सकको निगरानीमा नियमित औषधि सेवन गर्छन्। सात सय ग्राम मोटा चामल र ६० रुपैयाँले छाक टार्नुपर्ने अवस्थामा कैदीबन्दी छन्। बिरामीले भने सामान्य कैदीबन्दीले भन्दा १० प्रतिशत बढी रुपैयाँ पाउँछन्। यसले पोषणयुक्त खानेकुरा र सहज उपचारको प्रबन्ध गर्न कठिन छ।

मुख्यमन्त्रीद्वारा कास्की कारागार निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्की कारागारको निरीक्षण गरेका छन्।

‘अपराध सेलिब्रेटी’ले फौजदारी न्याय प्रणालीमा छाडेको प्रभाव

परिस्थितिजन्य प्रमाणका आधारमा समेत गम्भीर प्रकृतिका अपराधमा कसुरदार कायम गर्न सकिन्छ भन्ने नजिर शोभराजको मुद्दामा न्यायालयमा चर्चित छ।

अपराध दुनियाँका सनसनीपूर्ण पात्र

विश्वभरका प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका ‘विकिनी किलर’का नामले चर्चित चार्ल्स शोभराज २०६० मा नेपाल प्रहरीको हात लागे।

नवलपुरमा कारागार नहुँदा समस्या

राज्य पुनःसंरचनासँगै नयाँ जिल्लाको रुपमा स्थापना भएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा कारागार स्थापना भएको छैन।

ताप्लेजुङमा अस्थायी मतदान केन्द्र, समानुपातिक मतपत्र र निर्वाचन सामग्री आइपुग्यो

मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेश गरेकाहरु अस्थायी मतदाता हुनेछन्। अस्थायी बाहेक यहाँ ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र रहेका छन्।

कारागारमा एक कैदीको मृत्यु

दुवै खुट्टा सुन्निने, ज्वरो आउने र मटुको धड्कन बढ्ने जस्ता समस्या भएपछि उपचारका लागि मंगलबार कोसी अस्पताल भर्ना गरिएको थियो। सार्कीको उपचारका क्रममा बुधबार मृत्यु भएको र उनको शव अस्पतालमै राखिएको छ।

कारागार व्यवस्थापन गर्न बजेट अभाव छः गृहमन्त्री

उनले भने, ‘कारगारमा बन्दीहरुको संख्या पनि ठूलो छ। र, भौतिक पूर्वाधार व्यवस्थापनमा एकदम चुनौती छ। कारगार व्यवस्थापनका लागि पनि राज्यले, सरकारले, हामीले पर्याप्त बजेट व्यवस्थापन गर्न पनि आवश्यक छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्