दमकमा हालसम्म ८४ जनाको पिसीआर परीक्षण
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि झापाको दमकमा हालसम्म ८४ जनाको कोरोना भए/नभएको पिसीआर परीक्षण गरिएको छ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि झापाको दमकमा हालसम्म ८४ जनाको कोरोना भए/नभएको पिसीआर परीक्षण गरिएको छ।
नवलपरासीको रामग्राम नगरपालिकाले राहतमा बाँडेको न्युन गुणस्तरको चामल बिक्री गर्ने व्यापारी बिरुद्ध दुइवटा मुद्या दर्ता भएको छ।
नोवल कोरोना भाइरसले विश्वभर महामारीको रूप लिएपछि वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये करिव १० लाख स्वदेश फर्कने भएका छन् । सरकारसँग आधिकारिक तथ्यांक नभए पनि विश्वका विभिन्न मुलुकमा करिव ५० लाख (वैदेशिक रोजगारी र अन्य गरी) को संख्यामा नेपाली रहेका अनुमान छ ।
सन् २०२० को अन्त्यसम्ममा विभिन्न कामले विदेशिएका १२ लाखभन्दा बढी नागरिक कोरोना सङ्क्रमणका कारण बाध्य हुने अनुमान छ । जुन ठूलै चुनौती हो ।
‘कोरोना लागेपछि मरिहालिन्छ, बाँचिदैन’ भन्ने त्रसित मनोविज्ञानले घर गरिरहेका बेला उदयपुरको भुल्केमा भेटिएका संक्रमित कसैलाई अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) को लक्षणसम्म देखिएको छैन । वैशाख ५ गते पहिलोपटक संक्रमण पुष्टि भएका मस्जिदका १२ धर्म प्रचारकमा संक्रमण पुष्टि भएदेखि पछिल्लो १० गते ३ जनासमेत २८ जना कसैमा कोरोना लक्षण नदेखिएको स्वास्थ्य कार्यालय उदयुरले जनाएको छ ।
यूरोपेली यूनियनले नेपाललाई कोरोना भाइरस नियन्त्रण र त्यसका प्रभावका लागि आर्थिक सहयोग गरेको छ। यूरोपेली यूनियनले नेपाललाई ९ अर्ब ८० करोड आर्थिक सहयोग गरेको हो।
सांघाई र बेइजिङका विद्यालयहरु सोमबारदेखि खुलेका छन्। सोमबार यी शहरका दशौँ हजार विद्यार्थी विद्यालय गएका छन्।
मुलुककै सबैभन्दा धेरै संक्रमित फेला परेको प्रदेश १ पछिल्लो समय 'कोरोनाको इपिसेन्ट' बनेको छ । अहिलेसम्म ३१ जना संक्रमित फेला परिसकेको प्रदेशमा थप जोखिमको तह पनि उच्च छ । तर, यहीबेला प्रदेशकै सर्वोच्च जननिर्वाचित निकाय प्रदेशसभा भने अभूतपूर्व मौनता साँधेर बसेको छ ।
कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा सुत्केरीलाई पोषणको अभाव हुन नदिन म्याग्दीको मालिका गाउँपालिकाले सुत्केरीलाई पोषिला खानेकुरा वितरण गरेको छ।
कोरोना त्रास: कोरोनाले पर्यटन क्षेत्रमा पारेको असरबाट कसरी माथी उठ्न सकिन्छ ?
प्रदेश नं.१ मा हालसम्म पाँच हजार ५१८ जनामा कोरोना परीक्षण भएको छ। द्रूत परीक्षण विधि (आरडीटी)बाट आइतबारसम्म जम्मा चार हजार ५४५ र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९७३ जनाको नमुना परीक्षण भएको हो।
कोरोना भाईरसले संसारमा आतंक मच्चाईरहँदा सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा महामारीसंग लड्न आ-आफ्नो समुदायहरुबीच सहयोग आदन प्रदान जारी छ। कुनै पनि संस्थाको महत्व र काम संस्थाले गर्ने काम र भूमिकाले निर्धारण हुन्छ। अमेरिकास्थित नेपालीको प्रतिनिधित्व गर्न स्थापित सरकारी निकाय र प्रतिनिधिहरुले कस्तो काम गरी रहेका छन् भन्ने विषयमा प्रश्न उठ्न थालेको छ।
कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले आह्वान गरेको बन्दाबन्दीका कारण स्थगित खोप कार्यक्रम आजदेखि शुरु हुने भएको छ।
रौतहटको ईशनाथ नगरपालिका ५ मोतीपुरका १९ वर्षिय युवक बच्चु अन्सारी कोरोनामुक्त भएर घर फर्किएका छन्। विश्ममा महामारीको रुपमा फैलिएको रोगलाई जित्दा खुसी लागेको उनले बताए।
सातादिनभित्रै २८ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएपछि कोरोना ‘इपिसेन्टर’ बन्न पुगेको उदयपुरमा आइतबार थप ८३ जनाको स्वाब संकलन गरी परीक्षण गर्न पठाइएको छ । गत बिहीबार पठाइएको ७८ मुस्लिमसहित १ सय २० को रिपोर्ट नेगेटिभ आएपछि रोकिएको संकलन कार्य अन्यमा पनि भाइरस सर्नसक्ने आशंका गर्दै सुचारु गरिएको हो ।