४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

कोरोना संकटमा के गर्दैछन् नेपाली महावाणिज्यदूत र पर्यटनदूतहरु ?

अमेरिका- कोरोना भाईरसले संसारमा आतंक मच्चाईरहँदा सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा महामारीसंग लड्न आ-आफ्नो समुदायहरुबीच सहयोग आदन प्रदान जारी छ। कुनै पनि संस्थाको महत्व र काम संस्थाले गर्ने काम र भूमिकाले निर्धारण हुन्छ। अमेरिकास्थित नेपालीको प्रतिनिधित्व गर्न स्थापित सरकारी निकाय र प्रतिनिधिहरुले कस्तो काम गरी रहेका छन् भन्ने विषयमा प्रश्न उठ्न थालेको छ। अमेरिकामा नेपाल सरकारको प्रतिनिधित्व गर्दै राजदूतावास एक वैतनिक महावाणिज्यदूत र ९ राज्यहरुमा अवैतनिक वाणिज्य तथा महावाणिज्यदूतहरु रहेका छन्। न्यूयोर्कस्थित वैतानिक वाणिज्य दूतावासले स्थानीय संघसस्थाहरुसंग सहकार्य गर्दै कोरोना संक्रमणमा परेका नेपालीहरुका लागि काम जुटीरहेको छ। न्यूयोर्क यतिखेर संसारकै केन्द्रबिन्दु भएकोले पनि त्यहाँ रहने संस्था वा सरकारी प्रतिनिधिको भूमिका बढी हुने भएकोले आफ्नो दायरामा रहेर नेपाली सुमदायसंग मिलेर सक्दो सहयोगमा जुटिरहेको न्यूयोर्कस्थित महावाणिज्यदूत पुष्प भट्टराईले बताए।

अमेरिकाको सन्दर्भमा अवैतनिक महावाणिज्यदूतहरु अपवादबाहेक सक्रिय छैनन्। यतिखेर बढी सक्रिय रहेको महावाणिज्यदूतहरुमा क्यालिफोर्नियाका ऋषि ढकालले भने, 'यतिखेर आफ्नो क्षमताले भ्याएसम्म नेपाली समुदायसंगै रहेर काम गरिहरेका छौं।' आफ्नो तहबाट हुने सहयोग आफैले समाधान गर्ने र बाँकी दूतावाससंग समन्वय गरेर काम गरिरहेको ढकालले बताए। उता वासिंटनस्थित सियाटलका महावाणिज्यदूत एसी शेर्पाले भने आफु नेपाली समुदायसंग नियमित सम्पर्कमा रहेर सक्दो सहयोग गरिरहेको बताए। यतिखेर स्थानीय समुदाय र गैरआवासीय नेपाली सुमदायसंग सहयोग जुटाउने र समन्वय गर्ने काम गरिरहेको बताए। मेरील्याण्डका प्रेमराजा महत पनि सुमदायमा सक्रिय रहेका छन। बाँकी राज्यहरुमा रहेका वाणिज्यदूतहरु सक्रिय नरहेको गुनासो स्थानीय नेपालीको छ। संयोजनको अभाव भनौ या नियत कतिपय राज्यमा बासोवास गर्ने नेपालीहरुलाई ती राज्यका अवैतनिक महावाणिज्य दूतहरुको काम त परै जाओस नाम पनि थाहा छैन।

गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष सुनलि शाहले भने अवैतनिक महावाणिज्यदूतहरुको प्रभावकारिता आफुले नदेखेको बताए। 'मलाई थाहा छ अवैतनिक वाणिज्यदूतहरु छन। तर तिनीहरुले प्रभावकारिता, के काम गरिहेका छन् र उनिहरुको उपस्थिति कति छ मेरो जानकारीमा छैन', उनले भने, 'हामी एनआरएनको राज्यस्तरदेखि नेपाली दूतावाससंग मिलेर कोरोनाबाट बच्न जति काम गरिरहेका छौं। यस कामको शिलशिलामा अवैतनिक वाणिज्यदूतहरुको कुनै भूमिका र उपस्थिति मैले देखेको छैन।' उता अमेरिकास्थित नेपाली राजदूत अर्जुन कार्कीले भने अमेरिकामा आफ्नो कुटनीतिक सीमामा रहेर नेपाली समुदायसगै नियमित सम्पर्कमा रहेको तर कोही पनि नेपाली दूतावासमा सहयोग माग्न कोही नेपाली नआएको नागरिकन्युजलाई बताए। परराष्ट्रको डिप्लोम्याटिक लिस्टअनुसार अमेरिकाको ओहायोमा म्यारी क्यारोल, सिकागोमा मार्विन बुष्टिन, मेरिल्यान्डमा प्रेमराजा महत, क्यालिफोर्नियाको चार शहरमध्ये सेक्रेमन्टो डेव फुल्टन, लसएन्जलस जर्ज पापस, सान्डियागो ऋषि ढकाल र सान फ्रान्सिस्कोमा रिचर्ड ब्लुम, सनभ्याली आईडाओ व्लियम सी क्यासेल, सियाटलमा एसी शेर्पा अवैतनिक महावाणिज्यदूत रहेका छन्।

अवैतनिक वाणिज्यदूत मात्र होइन, नेपाल पर्यटन बोर्डबाट नियूक्ति पाएका पर्यटन दूतहरुको सहयोग त परै जाओस कहिँ कतै नाम निसाना नै छैन।

दूतावास भएका देशहरुमा प्राय जसो ठूला देशहरु अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडा, यूरोपका केहि देशहरुमा राज्य तहमा पनि अवैतनिक महावाणिज्यदूतहरु रहेका छन्। कुटनीतिक सम्बन्ध स्थापित भएका देहरुमध्ये एक सय ६२ जना अवैतनिक महावाणिज्यदूतहरु रहेको सरकारी तथ्यांक छ। तर उनिहरुले के काम कसरी गरिरहेका छन् त्यसको लेखा जोखा गर्ने संयन्त्र परराष्ट्र मन्त्रालय भएपनि मन्त्रालयमा कसले के काम गरिहको छ कुनै रेकर्डसम्म नरहेको मन्त्रालय श्रोत बताउँछ।

विभिन्न देशमा नियूक्त भएका दूतहरुले नियमत हरेक चारचार महिनामा आफ्नो कामको विवरण बुझाउनु पर्ने प्रावधान भए पनि केहि अपवादबाहेक कसैले रिर्पोट बुझाएका छैनन। अमेरिकामा रहेका यस्ता पर्यटन दूतहरुमा ज्ञानप्रसाद रिमाल (बाल्टिमोर), प्रभा देउजा (बाल्टिमोर), जगदीश काफ्ले (टेक्सास), नीलबहादुर तिलिजा (सियाटल), नवीना बस्नेत, बलराम घिमिरे (सिकागो), राजा घले (जर्जिया), प्रकाश थापा (क्यालिफोर्निया), प्रदीप श्रेष्ठ (न्युयोर्क), सबु गदाल कार्की रहे पनि यीमध्ये धेरैको पदावधी सकिएको पर्यटन बोर्ड श्रोतले बताएको छ। विश्वमा ३४ देशमा डेढ सय भन्दा बढी पर्यटनदूतहरु रहेका छन्।

सरकारले अनेकथरीका दूतहरु बनाएका छन् तर तिनीहरु औचित्यहिन रहेका छन। न उनिहरु काम गर्दछन् नत मर्कामा परेका नेपाली समुदायलाई मदत नै गरेका छन। सरकार परिवर्तन हुँदैपछि नियुक्त भएका वाणिज्य दूत , पर्यटन दूत र अनेक नामका दूतहरु नियूक्त गरेर सरकारी पद बाँड्ने कार्यकर्ता पोस्ने बाहेक केहि काम भएका छैनन्। केहि समय अघि अवैतनिक दूतले पटकपटक आफ्नो ओहोदा र सुविधाको दुरुपयोग गरेको घटना आउन थालेपछि  सरकारले उपलब्ध गराउँदै आएको सबै कूटनीतिक सुविधा (निलो प्लेट, निर्वाद सिंहदरबार प्रवेश पास, झण्डाको उपयोग, एअरपोर्टको भीआईपी कक्षलगायत कूटनीतिक उन्मुक्ति) खोसेर अन्य देशमा भएकाहरुको पनि विवरणको खोजी र अनुगमन गर्न थालिएको बताईन्छ।

प्रकाशित: १५ वैशाख २०७७ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App