coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रदेश नं. १ मा पाँच हजार बढीको परीक्षण

विराटनगर -  प्रदेश नं.१ मा हालसम्म पाँच हजार ५१८ जनामा कोरोना परीक्षण भएको छ। द्रूत परीक्षण विधि (आरडीटी)बाट आइतबारसम्म जम्मा चार हजार ५४५ र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९७३ जनाको नमुना परीक्षण भएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको सूचना डेस्कका अनुसार  आरडीटीबाट तीन हजार ८०८ जना पुरुष र ७३७ जना महिलाको परीक्षण भएको छ। पिसीआरतर्फ ७२० पुरुष र २५३ जना महिलाको परीक्षण भएको छ। प्रदेशमा ३० जनामा हालसम्म कोरोना सङ्क्रमण देखिएको छ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको सङ्ख्या आइतबारसम्म कूल एक हजार ७७१ जना पुगेको छ। ४७ जना घर गएका छन्। क्वारेन्टाइनमा ३०८ महिला र एक हजार ४६३ पुरुष छन्। आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन्। एकजना डिस्चार्ज भएका छन्। होम क्वारेन्टाइनमा जम्मा पाँच हजार ७६० जनामा महिला एक हजार दुई जना र  पुरुष चार हजार ७५८ जना रहेका छन्। रासस

प्रकाशित: १५ वैशाख २०७७ ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App