११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘भुल्केका संक्रमित कसैमा कोरोना लक्षण छैन’

उदयपुर- ‘कोरोना लागेपछि मरिहालिन्छ, बाँचिदैन’ भन्ने त्रसित मनोविज्ञानले घर गरिरहेका बेला उदयपुरको भुल्केमा भेटिएका संक्रमित कसैलाई अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) को लक्षणसम्म देखिएको छैन । वैशाख ५ गते पहिलोपटक संक्रमण पुष्टि भएका मस्जिदका १२ धर्म प्रचारकमा संक्रमण पुष्टि भएदेखि पछिल्लो १० गते ३ जनासमेत २८ जना कसैमा कोरोना लक्षण नदेखिएको स्वास्थ्य कार्यालय उदयुरले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यकिन गरे अनुसार कोरोना भाइरस संक्रमितलाई सुरुमा रुघा खोकी, ज्वरो र श्वासप्रश्वास (स्याँस्याँ) हुने लक्षण देखा पर्छ । तर, उदयपुरका संक्रमित २ महिलासहित २८ कसैमा पनि त्यस्तो त्यो लक्षण नदेखिएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताएका छन् ।

उनका अनुसार वैशाख ५ गते पहिलो संक्रमण मस्जिदमा रहेका १२ भारतीयसहित १६ मध्ये १३ मा पुष्टि भएको थियो । उनीहरुमा संक्रमण देखिएलगत्तै सबैलाई आइसोलेसनमा उपचारार्थ विराटनगर पठाइएको थियो । भाइरस संक्रमण पुष्टि भए पनि त्यतिबेलै लक्षण नदेखिएको तथा शारिरीक रुपमा हट्टाकठ्ठा र तन्दुरुस्त उनीहरुलाई आइसोलेसनबाट झिकेर मोरङको टाँडीस्थित क्वारेन्टाइन पठाइएको उनले बताए । तर, १६ धर्म प्रचारकमध्ये बाँकी ३ जनामा पनि पछिल्लो संक्रमण पुष्टि भएपछि सबैलाई पुनः विराटनगरमै फर्काएर आइसोलेसनमा राखिए पनि कसैमा लक्षण नदेखिएको सुबेदी बताउँछन् ।

कोभिड अस्पताल विराटनगरका डा. गजेन्द्र यादवले उनीहरुमा कोरोना लक्षण नदेखिएको पुष्टि गरे । डा. यादवका अनुसार केहीदिनअघि दुई पुरुषमध्ये एकलाई सामान्य खोकी र अर्कालाई पखाला लागेको तर, औषधि प्रयोग नगरीकनै ठिक भएको उनले बताए । उनले अनुसार डब्लुएचओको भनाईमा दक्षिण एसियामा कोरोना संक्रमितमध्ये ८० प्रतिशतमा लक्षण नदेखिने अध्ययनको निश्कर्ष भएकाले उनीहरु त्यहीँ हिस्साभित्र परेको हुनसक्ने बताए ।
   

प्रकाशित: १६ वैशाख २०७७ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App