१८ चैत्र २०८२ बुधबार
image/svg+xml

काठमाडौं–३ मा कुलमान पराजित, रास्वपाका राजुनाथ पाण्डे विजयी

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन्।

कैलाली २ मा रास्वपाका केपी खनाल अगाडि, पछ्याउँदै एमाले

खनाललाई नेकपा एमालेका उम्मेदवार सूर्य बहादुर थापाले १ हजार ५ सय ३० मतका साथ पछ्याइरहेका छन्। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार विजय बहादुर स्वार १ हजार २ सय ९ मतसहित तेस्रो स्थानमा छन् भने नन्द बहादुर साउदले १ हजार ७२ मत प्राप्त गरेका छन्।

कांग्रेसमा नेता बदलियो, मत बदलिएन

‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने नारासहित प्रतिनिधिसभा निर्वाचनमा होमिएको नेपाली कांग्रेसलाई जनताले अपेक्षाअनुसार समर्थन नदिएको देखिएको छ।

मोरङ ६ मा रास्वपाकी रुविना कांग्रेसका कोइरालाभन्दा करिब २० हजार मतले अगाडि

आचार्यले २६ हजार ५ सय ८५ मत ल्याउँदा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ७ हजार १ सय ६७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार विनोद ढकालले ४ हजार ८ सय ३१ मत प्राप्त गरेका छन्।

मतपेटिकाबाट विद्रोह: रास्वपाको ऐतिहासिक जितले नेपालको राजनीतिमा देखाएको नयाँ संकेत

रास्वपाको अप्रत्याशित उभारले देशका परम्परागत राजनीतिक दलप्रति मतदाताको असन्तुष्टि र नयाँ विकल्पको खोजीलाई स्पष्ट रूपमा देखाएको छ।

बाराका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायमै

चारवटै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार बारा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार गणेश धिमालले १४ हजार ६ सय ४५ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युत मैनालीले ४ हजार २ सय २९ मत सहित पछ्याइरहेका छन्। त्यसै गरी नेपाली कांग्रेसका शम्भु बहादुर बुढाथोकीले ३ हजार ४ सय ५१ मत प्राप्त गरेका छन्।

मकवानपुर–२: रास्वपाको अग्रता, महेश बर्तौला तेस्रो

प्रतिनिधिसभा निर्वाचन मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपा उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता कायम राखेका छन् ।

चितवन २ मा रविको फराकिलो अग्रता कायम

जानकारी अनुसार रवि लामिछाने (घण्टी) ले १९ हजार ७०७ मत पाएका छन् भने मिना कुमारी खरेल (रुख) ले ५ हजार ८५५ मत पाएकी छिन्। त्यस्तै अस्मिन घिमिरे (सूर्य) ले ४ हजार ८५६ मत पाउँदा प्रताप गुरुङ (पाँचकुने तारा) ले २ हजार ६८१ मत पाएका छन्।

सप्तरी ३ मा उपेन्द्र यादव अगाडि

सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरीबीच निकै रोचक र कडा प्रतिस्पर्धा देखिएको छ।

इलाम २ मा श्रम संस्कृतिको अग्रता, पछ्याउँदै एमाले

नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले कुल २ हजार ४७९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका भेषराज आचार्यले एक हजार २३१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल बहादुर राईले ९२० मत पाएका छन्।

मातृत्वसँगै नेतृत्वमा रन्जु : ‘धोका दिनेका लागि अब सधैंलाई ढोका बन्द’

काठमाडौं क्षेत्र नम्बर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रन्जु न्यौपाने (दर्शना) १५ हजार ४ सय ५५ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन्।

चितवन-३ : सोबिताको आक्रामक अग्रता, रेणु ९ हजार मतले पछि

चितवन-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले फराकिलो मतान्तरसहित अग्रता कायम गरेकी छन्।

म्याग्दीमा महावीरको भारी मतले अग्रता कायम, रास्वपा चौथो

नेपाली कम्युनिष्ट पार्टीका अर्जुन बहादुर थापा २,००१ मतका साथ तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका कर्ण बहादुर भण्डारी १,९२८ मतका साथ चौथो स्थानमा सीमित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले ४८४ मत प्राप्त गरेका छन्।

झापा १ मा निशा डाँगीको अग्रता, निकै पछाडि परे ठूला दल

नेपाली कांग्रेसका केशव राज पाण्डेले एक हजार ९३४ मत प्राप्त गर्दा नेकपा एमालेका रामचन्द्र उप्रेती एक हजार ६७१ मतका साथ चौथो स्थानमा सीमित भएका छन्।

लमजुङ: रास्वपाका धर्मराजको अग्रता, एमालेका पृथ्वीसुब्बा दोस्रो स्थानमा झरे

लमजुङको मतगणना परिणाममा पुनः फेरबदल आएको छ। साँझ ७:२० बजेको ताजा अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसीले आफ्नो अग्रता लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्