२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

सप्तरी ३ मा उपेन्द्र यादव अगाडि

सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरीबीच निकै रोचक र कडा प्रतिस्पर्धा देखिएको छ।

ताजा नतिजा अनुसार यादव २ हजार ९२ मतका साथ झिनो अग्रतामा छन्। उनलाई रास्वपाका अमरकान्त चौधरीले २ हजार ५८ मतका साथ कडा टक्कर दिइरहेका छन्। यादव र चौधरीबीचको मतान्तर मात्र ३४ रहेको छ।

त्यस्तै, नेपाली कांग्रेसका दिनेश कुमार यादव ९२२ मतका साथ तेस्रो स्थानमा छन् भने जनमत पार्टीका सुरेन्द्र प्रसाद शर्मा १९५ मतसहित चौथो स्थानमा देखिएका छन्। नेकपा एमालेका ताराकान्त चौधरीले १०८ मत प्राप्त गर्दा तारा चिह्न भएका अरुण कुमार साह ४६ मतमा सीमित भएका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ २०:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App