४ पुस २०८१ बिहीबार
image/svg+xml

६० वर्षमाथिकालाई कोरोनाविरुद्ध थप डोज

विभिन्न अध्ययनले भेरोसेल खोप लिएका बढी उमेरका व्यक्तिमा एन्टिबडी कम बनेको देखाएपछि विश्व स्वास्थ्य संगठनले थप एक डोज दिन सिफारिस गरेको छ।

करणी उद्योगका आरोपी छुटाइ दिन्छु भनी ठगी गर्ने एक पक्राउ

चिनियाँ नागरिक लिउ युइलाई थुनामुक्त गराइ दिन्छौं भनी चिनियाँ नागरिककी श्रीमति कमला भुषालसँग थापाले २० लाख रकम लिएको प्रहरी महाशाखाले जनाएको छ।

चिनियाँ दूतावासको सहयोगमा चार विद्यालयमा ईन्टरनेट सुविधा

चिनियाँ दूतावासको सहयोगमा पोखराका चारवटा सरकारी विद्यालयमा निःशुल्क ईन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ। कोरोना संक्रमणले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय संचालन हुन नसकेको अवस्थामा अनलाइन कक्षा संचालनमा समस्या भएको भन्दै दूतावासले सघाएको हो।

सङ्खुवासभाबाट दुई चिनियाँ नागरिक पक्राउ

प्रहरीले खाँदबारी–९ तुम्लिङटारस्थित बुद्ध होटलबाट अवैध औषधिसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।

चीनबाट आयात भएका सामग्रीको परीक्षण हुँदै

बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने अभिप्रायले भन्सार परीक्षणलाई तीव्ररूपमा अगाडि बढाइएको हो।

वैदेशिक सहायतामा एमसिसी र बिआरआइ

चलाख भएर देशको विकासका लागि पाइने सबै अवसर, सहयोग र सुविधालाई राष्ट्रिय अक्षुण्णता, स्वाभिमानमा चोट नपुग्ने गरी लेनदेन गर्न सक्नुपर्छ।

नारायणगढ – बुटवल सडक खण्ड विस्तार : साढे दुई वर्षमा ८ प्रतिशत प्रगति

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ मा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटबल–नारायणगढ खण्ड विस्तार आयोजनाको भव्य कार्यक्रमबीच शिलान्यास गरेका थिए। त्यसको झण्डै साढे दुई वर्ष बित्दा समष्टिगत भौतिक प्रगति जम्मा चार प्रतिशत देखिएको छ।

चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अस्ट्रेलियाबीच सुरक्षा सम्झौता

तीन शक्ति राष्ट्र अमेरिका, बेलायत र अस्ट्रेलियाबीच चीनलाई चुनौती दिनेगरी सुरक्षा सम्झौता भएको छ। उक्त सम्झौताले हिन्द प्रशान्त क्षेत्रमा चीनको प्रभाव कम गर्न काम गर्ने जनाइएको छ। सम्झौतासँगै अस्ट्रेलियाले पहिलोपटक परमाणु ऊर्जामार्फत सञ्चालन हुने पनडुब्बी बनाउने भएको छ।

दैलेखमा पेट्रोलियम पदार्थ रहेको चिनियाँ टोलीद्वारा पुष्टि

नेपालको भूगर्भ विभागले दैलेखमा पेट्रोलियम पदार्थ रहेको सार्वजनिक गरिरहँदा चिनियाँ टोली गरेको अन्वेषणले पनि पुष्टि गरेको छ।

१८ वर्ष पूरा भएका विद्यार्थीलाई आजबाट खोप दिईने

आजबाट लागाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा भएका कक्षा ११ तथा १२ का र विश्वविद्यालय तहका परीक्षा प्रवेशपत्र दिएका विद्यार्थीलाई दिन लागिएको हो।

अर्थमन्त्री र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गरेकी छन्।

प्रधानमन्त्रीलाई चिनियाँ समकक्षी लीको बधाई

चिनियाँ प्रधानमन्त्री लिले प्रधानमन्त्री देउवासँग काम गर्न चाहेको र नेपाल चीन रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन चाहेको सन्देश पठाएका छन्। यसअघि नेपालका लागि चिनियाँ राजदूत याङछीले प्रधानमन्त्री देउवालाई भेटेर बधाई तथा शुभकामना दिएकी थिइन्।

चीनले थप १६ लाख डोज खोप नेपाललाई अनुदानस्वरुप दिने

चीनले नेपाललाई थप १६ लाख कोरोना भाइरसविरुद्धको खोप अनुदानस्वरुप दिने भएको छ।

चार चिनियाँ नागरिक पक्राउ

दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोवार तथा जुवातास सट्टेबाजीमा संलग्न रहेको अभियोगमा चार चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

असार २४ देखि चिनियाँ खोप आउने

नेपालले चीनबाट खरिद प्रक्रिया सम्झौताअनुसार यही असार २४ गतेबाट खोप आपूर्ति सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्