४ पुस २०८१ बिहीबार
image/svg+xml

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष: चीन कहाँ पुग्यो र नेपाल कता छ?

पुँजीवादी मुलुकहरूले कम्युनिस्ट व्यवस्थाको उपादेयीता सकिएको दाबी गरिरहेका बेला बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति एवं कम्युनिस्ट पार्टीका महासचिव सी जिङ फिङले चीनले प्राप्त गरेको सफलता र उपलब्धिका पछाडि चिनियाँ कम्युनिस्ट पार्टीको हात रहेको सगर्व बताइरहेका थिए।

चीनमा नेपाली अर्थाेडक्स चियाः माग उच्च, निर्यात शून्य

चिनियाँ बजारको मागअनुसार नेपालमा उत्पादित तयारी अर्थाेडक्स अर्गानिक चिया पोहोरदेखि नै निर्यात हुन सकेको छैन । माग राम्रो भएपनि कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उच्च गुणस्तरको हजारौं किलो चिया उद्योगमै स्टक छ ।

रुस प्रवेश गर्न दिने देशहरुको सूचीमा चीन

कतिपय देशहरुमा कोरोनाभाइरसको महामारी कम हुँदै गएको र रुसमा पनि खतरा न्युन हुँदै गएकोले विभिन्न देशहरुका नागरिकलाई आवत जावत गर्न दिने तयारी भएको हो।

११ महिनामा १ सय ९४ वटा खाद्य सामग्रीको नमूना परीक्षण

आएका सामग्रीमध्ये भदौ १, कार्तिकमा २८, पुसमा १०, माघमा ५७, चैतमा ६७, बैशाखमा १० र जेठमा २१ वटा सामग्रीको नमुना परीक्षण गरिएको कार्यालयले जनाएको छ।

चीनले अनुदानमा दिएको खोप आज नेपाल ल्याइँदै

चीनले अनुदानमा दिएको करिब ८ लाख डोज खोप आज काठमाडाैं आउँदै छ। नेपाल एयरलाइन्सको चार्टर विमानबाट मंगलबार काठमाडौँ आउन लागेको हो। चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग करिब १० लाख खोपको सहयोगको घोषणा गरेका थिए।

चिनियाँ कम्पनी सिनोफार्मबाट बनेको खोपलाई डब्लुएचओले दियो आपतकालीन प्रयोगको अनुमति

चिनियाँ कम्पनी सिनोफार्मबाट बनेको कोभिड १९ विरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगको अनुमति दिएको छ।

बाणगंगा नगरपालिका र चिनियाँ कम्पनीबीच ११ अर्ब २५ करोडको मेघा परियोजनामा सम्झौता

कपिलवस्तुको बाणगंगा नगरपालिका र चिनियाँ कम्पनीबीच ११ अर्ब २५ करोड रुपैयाँको परियोजनाका लागि सम्झौता भएको छ।

चिनियाँ खोप भोलिदेखि लगाउने: १४ वटा स्वास्थ्य संस्था तोकियो

चीनद्वारा अनुदानस्वरुप प्रदान गरिएको खोप भोलि (बुधबार)देखि लगाउने भएको छ। सरकारले कोभिड-१९विरुद्धको खोप लगाउनका लागि काठमाडौं उपत्यकाका १४ स्थानका स्वास्थ्य संस्थालाई तोकेको छ।

बुधबारदेखि चिनियाँ खोप

यो खोेप दुग्धजन्य, औषधिजन्य, खानेपानीलगायत अत्यावश्यक सेवा क्षेत्रमा काम गर्नेलाई दिइने बताए। यसैगरी हिमालपार व्यापार तथा व्यवसाय एवं अध्ययनमा जानेहरूलाई पनि यो खोप लगाइने जानकारी उनले दिए। तोकिएका वर्गका १८ देखि ५९ वर्ष उमेरका नागरिकलाई यो खोप उपलब्ध गराइनेछ।

चिनियाँ 'भेरोसेल' खोप यहीँ चैत २५ गतेदेखि लगाउने

प्रवक्ता गौतमका अनुसार कोरोनाविरुद्धको खोप ९ लाख मानिसलाई लगाउने योजना सरकारको रहेको छ। जसमध्ये हालसम्म ५ लाखलाई खोप लगाइसकिएको छ भने बाँकी ४ लाखलाई यो 'भेरोसेल'खोप लगाउने उनले बताए।

कति उपयोगी होला चिनियाँ खोप

विज्ञका अनुसार अनुदानमा प्राप्त चिनियाँ खोप अहिले प्रयोग गरिए पनि आमखोप अभियानमा त्यति उपयोगी नहुन सक्छ। चीनको सिनोफर्म कम्पनीले उत्पादन गरेको यो खोप महँगो पनि छ। प्रतिडोजको लगभग ३० अमेरिकी डलरका हिसाबले एकजनालाई यो खोप लगाउँदा ६० अमेरिकी डलर पर्छ।

चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढ्यो

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै आयात भएका एक सय ३१ थान खाद्य सामग्रीको नमुना परीक्षण गरिएको हो।

चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढ्यो

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ।

चिनियाँ नाकाबाट दैनिक ७ कन्टेनर सामग्री भित्रिँदै

बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ। नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन्।

रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि हुने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि हुने भएको छ। यसअघि दैनिक पाँचवटा चिनियाँ गाडीमा सामग्री आयात हुँदै आएकोमा अब गाडीको संख्या बढाउन लागिएको हो। सीमा जोडिएको क्षेत्रमा कोरोनाको संक्रमण नरहेको र भन्सारले जाँचपास गरेका सामग्री सहज रूपमा नेपाल पठाउने चिनियाँ सीमा व्यवस्थापन समूहले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्