१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

चीनले अनुदानमा दिएको खोप आज नेपाल ल्याइँदै

चीनले अनुदानमा दिएको करिब ८ लाख डोज खोप आज काठमाडाैं आउँदै छ। नेपाल एयरलाइन्सको चार्टर विमानबाट मंगलबार काठमाडौँ आउन लागेको हो। 

चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग करिब १० लाख खोपको सहयोगको घोषणा गरेका थिए।  सोमबार राति ११ बजे बेइजिङका लागि उडेको विमान आज दिउँसो साढे २ बजे खोप लिएर फर्किने बताइएको छ।  

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गर्न आग्रह गरेकी थिइन्। बुधबार दुई देशका राष्ट्रपतिबीच भएको करिब ४० मिनेट कुराकानीमा उक्त आग्रह गरिएको नेपालको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०७८ ०१:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App