बाँके बैजनाथको सर्वदलीय टोलीले नौवस्ता औद्योगिक क्षेत्र निर्माणमा पहल गरिदिन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेको छ।
अध्यक्ष दाहाललाई बुधबार ज्ञापनपत्र बुझाउँदै टोलीले नौवस्ता औद्योगिक क्षेत्र निर्माणको विषयमा वर्तमान सरकार गम्भीर नभएको भन्दै पहल गरिदिन आग्रह गरेको हो। ज्ञापन पत्रमा भनिएको छ, तपाईंको नेतृत्वको सरकारले अघि बढाएको यो महत्त्वपूर्ण योजना अहिलेको सरकारले अलपत्र पारेको छ। प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले पहल गरिदिन आग्रह छ।
टोलीमा नेपाली काँग्रेस, नेकपा (एमाले)सहित दलका प्रतिनिधि पनि सहभागी थिए।जवाफमा अध्यक्ष दाहालले यो महत्त्वपूर्ण कामको लागि आफ्नो पहल निरन्तर रहने आश्वासन दिएको उनको निजी सचिवालयले जनाएको छ।
प्रकाशित: १२ मंसिर २०८१ १५:३५ बुधबार