२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

नयाँ गठबन्धन कसरत

४१ महिनाअघि चुनावी तालमेलसहित पार्टी एकीकरणमा पुगेका एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्केसँगै मुलुकमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामसम्बन्धी विवाद निरूपण गरेसँगै फेरिएको परिस्थितिमा सरकार टिकाउने र गिराउने कसरत सुरु भएको छ।

केपी ओली नेतृत्वकै सरकार पाँच वर्ष टिक्छ : लालबाबु पण्डित

नेकपा (एमाले) का नेता लालबाबु पण्डितले अबको दुई वर्षसम्म एमाले नेतृत्वको सरकारले निरन्तरता पाउने दाबी गरेका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता पण्डितले प्रतिनिधिसभाको कार्यकालभर अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार नबन्ने जिकिर गरे।

ताप्लेजुङमा एमालेका दुईवटा पार्टी कार्यालय, ओली पक्षले राख्यो एमालेको साइनबोर्ड

ताप्लेजुङमा नेकपा एमालेका दुई वटा पार्टी कार्यालय हुने देखिएको छ। ओली समूहले यसअघि आफ्नो मातहतमा कायम रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कार्यालय रहेको ठाउँमै नेकपा एमालेको बोर्ड राखेको छ।

धुम्बाराहीमा नेकपा लेखिएको बोर्ड हटाएर एमालेको राखियो

सर्वोच्च अदालतको फैसलाबाट ब्यूँतिएको एमालेले केन्द्रीय कार्यालय धुम्बाराहीमा एमालेको सानबोर्ड राखेको छ। साविकको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को साइनबोर्ड हटाएर एमालेले नयाँ साइनबोर्ड राखेको हो।

नाचगानसहित एमाले पार्टी कार्यालय खुल्यो

तीन महिनादेखि बन्द रहेको नेकपाको पार्टी कार्यालय पुनः नेकपा एमालेको बोर्ड राखेर खुलाइएको छ। तत्कालिन अवस्थामा नेकपा एमालेकै रहेको पार्टी कार्यालय माओवादी केन्द्रसँगको पार्टी एकतापछि नेकपाको रहेको थियो। तर सरकारले संसद विघटनको सिफरिस गरेपछि दुई धारमा विभाजन भएको नेकपा दुबैले पार्टी कार्यालयको प्रयोग गर्न पाएका थिएनन्।

धुम्बाराहीमा एमालेको मुख्यालय

(एमाले) को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ। एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो। धुम्बाराहीस्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड मंगलबार फेरिने भएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए।

एमाले–माओवादी केन्द्रको ‘डिभोर्स’ : दाहाल–नेपाल आआफ्नै पार्टीमा

तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकीकरण गर्ने निर्णयलाई सर्वोच्च अदालतले रद्द गरिदिएपछि पुष्पकमल दाहाल र माधवकुमार नेपाल आआफ्नै पार्टीमा क्रियाशील हुने भएका छन्। २०७५ जेठ ३ गते दुई पार्टी एकीकरण भएपछि बनेको नेकपालाई सर्वोच्च अदालतले नामका कारण मान्यता नदिएर एकीकरणपूर्व फर्कन दिएको आदेशलाई सम्मान गर्दै दुवै नेताले आआफ्नै पार्टीमा क्रियाशील हुने निर्णय गरेका हुन्।

ओली र गोकुल बास्कोटाको फोटोसहित काभ्रेमा एमालेको कार्यालय सञ्चालन

काभ्रेपलाञ्चोकमा साविकको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) साइनबार्ड हटाएर नेकपा एमालेको साइनबोर्ड राखिएको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय कार्यकर्ताहरुले प्रधानमन्त्री ओली र पूर्वm सञ्चार मन्त्री गोकुल बास्कोटाको फोटो समेत राखेर ब्यानर राखेर जिल्ला पार्टी कार्यालयलाई एमालेकरण गरेका हुन्।

दललाई जनादेश नपचेकै हो ?

हरेक राजनीतिक परिवर्तनपछि नेपाली जनताले स्थिरता र विकासको चाहना राख्दै आएका छन्। तर सरकार र सत्तारुढ दलबीचको समन्वय अभाव तथा आन्तरिक कलहले राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको चाहना २००७ सालदेखि नै अधुरो छ। निर्वाचनअघि आर्थिक विकासका ठूलाठूला कुरा गर्ने तर जनमत पाएपछि आन्तरिक किचलोमा रुमलिने नेपालका दलको परम्परा नै बनिसकेको छ।

निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद कायमै रहेको बेला निर्वाचन आयोगले नेकपा (एमाले) दर्ता गरेको छ । आयोगमा पेस गरिएका कागजात, प्रस्तावित पदाधिकारीहरूको हस्ताक्षर, नागरिकता प्रमाणपत्र प्रतिलिप, घोषणा, विधानलगायत आधारमा बुधबार उक्त पार्टी दर्ता गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

प्रधानमन्त्रीसँग नवगठित एमालेका नेताको पुरानो साइनो

नवगठित एमालेका पदाधिकारी निर्वाचन आयोगमा पार्टी दर्ता गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका केही नेतासँग निकट रहेको बुझिएको छ। पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिनुअघि प्रधानमन्त्रीसँग एमालेका उपाध्यक्ष, सचिवलगायत नेताको साइनो रहेको फोटो सामाजिक सञ्जालमा देख्न पाइन्छ।

एमालेकरण कि माओवादीकरण ?

द्वन्द्वकालीन हत्याको जिम्मेवारी लिनेदेखि ज्यान मुद्दा खेपिरहेका व्यक्तिको सभामुख पदमा उम्मेदवारीसम्म आइपुग्दा एमालेको माओवादीकरण त भएन भनेर सोच्नुपर्ने भएको छ।

भक्तपुरमा कांग्रेसका भँडेल विजयी

भक्तपुर– १ ‘क’ बाट नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी भएका छन्। यसअघि एमाले (हालको सतारुढ नेकपा) ले विजयी हाँसिल गरेको यो क्षेत्रमा कांग्रेस विजयी बनको हो।

नेकपामा विवाद गहिरिँदै

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको १५ महिनापछि नेता माधवकुमार नेपालको वरीयता खोसिएको छ। यससँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिन पुगेको छ। आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रस्ताव स्वीकार गर्दै अध्यक्षद्वयपछिको वरियताक्रममा उनलाई ल्याइएको छ।

नेकपामा भागबन्डा विवाद

पूर्वएमालेका नेताहरूसँग पनि छलफल गरेका थिए। स्कुल विभागको जिम्मेवारी कसले लिने भन्ने विवाद यथावत्रहेको अवस्थामा महिला, युवार मजदुर विभागको प्रमुखमा समेत विवाद आएको स्रोतले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्