२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

एमालेले बोलायो संसदीय दलको बैठक

सरकारले मंगलबार राति संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेपछि प्रमुख प्रतिपक्ष दल एमालेले संसदीय दलको बैठक बोलाएको छ। संविधान संशोधनको आधार र औचित्य पुष्टि गर्नुपर्ने अडानमा रहेको एमालेले संविधान संशोधन प्रस्तावको विरोध गर्दै आएको छ।

पाँच नम्वर प्रदेश टुक्राउने प्रस्ताव प्रति एमालेको असन्तुष्टी

प्रमुख प्रतिपक्षी नेकपा एमालेले जनताको भावना र चाहना विपरित सरकारले प्रदेशलाई विभाजन गर्ने गरी संविधान संशोधन दर्ता गरेको आरोप लगाएको छ। मन्त्रिपरिषदको मंगलबारको बैठकले संविधान संशोधन प्रस्ताव पारित गरेको प्रति असन्तुष्टी जनाउँदै एमालेले पाँच नम्बर प्रदेश टुक्राउने सरकारी निर्णयप्रति असन्तुष्टी जनाएको हो।

संशाेधन प्रस्ताव असफल बनाउने रणनीति एमालेसँग छ : अाचार्य

कपा एमालेका सचिव भीम आचार्यले वर्तमान सरकारले कुनै हालतमा संशोधन प्रस्ताव ल्याउन नसक्ने दाबी गरेका छन्। मंगलबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा सचिव आचार्यले संविधानको संशोधनको आवश्यकता र औचित्य नभएकोले पनि यो सरकारले कुनै हालतमा संशोधन प्रस्ताव ल्याउन नसक्ने बताएका हुन्।

संशोधन र एमालेको राष्ट्रवाद

माओवादी त पहिचानका नाममा विगतमा जातीय/क्षेत्रीय द्वन्द्व बढाउनेमा अगुवै भइगयो जसको फल आज ऊ आफैंँ भोग्दैछ।

एमाले जिम्मेवार नभए प्राप्त उपलब्धि गुम्ने खतरा छः उर्जा मन्त्री

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं उर्जा मन्त्री जनार्दन शर्माले संविधान कार्यान्वयनका लागि संविधान शांसोधन आवश्यक रहेको बताएका छन् । ‘जनताको माग अनुसार सिमांकन हेरफेर गर्न लागिएको हो, यसका लागि संविधान संशोधन गर्नुको विकल्प छैन,’ प्रेस सेन्टर बाँकेले शनिबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा शर्माले भने ‘दलहरुबीच सहमती भएपछि सरकारले शंसोधन प्रस्ताव दर्ता गराउँछ।’

सरकारी प्रस्ताव संकट निम्त्याउने षड्यन्त्र : एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधनको सरकारी प्रस्तावभित्र राजनीतिक संकट निम्त्याउने गम्भीर षड्यन्त्र लुकेको निष्कर्ष निकालेको छ। अध्यक्ष केपी ओलीको निवासमा शुक्रबार साँझ बसेको स्थायी समिति बैठकले संशोधन प्रक्रियामा आफ्नो सहमतिबिना सरकार अघि बढे सशक्त प्रतिकार गर्ने निर्णय पनि गरेको छ।

संविधान संशोधन प्रस्तावको प्रतिवाद गर्ने एमाले चेतावनी

संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराए नेकपा एमालेले त्यसको प्रतिवाद गर्ने भएको छ। नेकपा एमालेले स्थायी कमिटी बैठकले आफ्नो पार्टीको असहमतिका बाबजुद जबर्जस्ती त्यसो गर्न खोजिए त्यसको सशक्त प्रतिवाद हुने चेतावनी दिएको छ।

संविधान संशोधनबारे थप छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलायो

संविधान संशोधनको प्रक्रियामा असन्तुष्ट रहेको नेकपा एमालेले संविधान संशोधनको बारेमा थप छलफल गर्न अहिले ५ बजे स्थायी कमिटीको बैठक बोलाएको छ।

संविधान संशोधनमा एमाले मनोविज्ञान

मुलुकको वर्तमान परिस्थिति आकलन गर्दै संविधान संशोधनमा एमाले सहमत हुन नसक्ने हो भने ऊ अर्को संशोधनका लागि तयार हुनुपर्छ। त्यो भनेको निर्वाचनको अन्तिम मिति २०७४ माघ ४ लाई पछाडि धकेल्ने संशोधन।

'विदेशीको पैसामा एमालेको चलखेल'

कानुनमन्त्री अजयशंकर नायकले एमालेले विदेशीको पैसामा मुलुकमा चलखेल गरिरहेको आरोप लगाएका छन्। त्यसैको आडमा एमालेले नक्कली राष्ट्रवादी मुहार प्रर्दशन गरिरहेको आरोप पनि उनले लगाए।

एमालेबिना कसरी संविधान संशोधन?

संविधान संशोधनमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्दै संविधानले तोकेको अवधिमै निर्वाचन गराउन कम्तीमा ठूला तीन दल एकमत हुनुपर्ने राजनीतिक विश्लेषकले औंल्याएका छन्।

‘एमालेलाई बाहिर राखेर संविधान संशोधन गरे हालत के होला ?’

सत्तारुढ दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संघीयताको नाममा राष्ट्रलाई बन्धक बनाउन नहुने भन्दै विवादित ठाउँमा जनता र जनप्रतिनिधिको निर्णयअनुसार अघि बढ्नुपर्ने बताएका छन्।

एमाले सहमतिबाट भाग्न सक्दैन : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अहिले भइरहेको संविधान संशोधन प्रक्रियामा सहभागी हुने दाबी गरेका छन्। तत्काल एमालेले संविधान संशोधनको विरोध गरेपनि अन्ततः सहमतिमा आउने पौडेलको दाबी छ।

एमाले अडानले टुंगो लागेन संविधान संशोधन

सरकारी तबरबाट सबै तयारी पूरा गरेको भनिएको संविधान संशोधन विधेयक संसद्मा कहिले दर्ता हुन्छ, अझै टुंगो लाग्न सकेको छैन।

मित्रताका नाममा कुठाराघात एमालेकालागि अस्वीकार्य: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मित्रताका नाममा देशलाई कुठाराघात गर्न खोजे एमालेलाई स्वीकार्य नहुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्