काठमाडौं- संविधान संशोधनको प्रक्रियामा असन्तुष्ट रहेको नेकपा एमालेले संविधान संशोधनको बारेमा थप छलफल गर्न अहिले ५ बजे स्थायी कमिटीको बैठक बोलाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बोलाइएको बैठकमा संविधान संशोधनका एजेण्डामा छलफल हुने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
संशोधन प्रक्रियामा सामेल नहुने निर्णय गरेको प्रमुख प्रतिपक्षी एमालेसँग सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सक्रिय भइरहँदा अध्यक्ष ओलीली स्थायी कमिटीको बैठक बोलाएका हुन्।
प्रकाशित: १० मंसिर २०७३ ०९:०४ शुक्रबार