२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

धमाधम लेबनान छाड्दै अस्ट्रेलियाली नागरिक, अझै १५ हजार रहेको तथ्याङ्क

आधिकारिक तथ्याङ्कअनुसार अस्ट्रेलियाली सरकारले समन्वय गरेको सहयोगी प्रस्थान उडानहरूमा ९ सय भन्दा बढी अस्ट्रेलियालीहरूले लेबनान छोडेका छन्। सरकारले ९०४ अस्ट्रेलियाली नागरिक, स्थायी बासिन्दा र उनीहरूका नजिकका परिवारका सदस्यहरूले सरकारले सुरक्षित गरेको विमानको सिटमा लेबनान छोडेको जनाएको छ।

सरकारले शनिवार अस्ट्रेलियालीहरूका लागि बेरुतदेखि साइप्रससम्म दुई चार्टर उडानहरू सञ्चालन गरेको थियो ।फ्ल्याग क्यारियर क्वान्टास र कतार एयरवेजले साइप्रसदेखि सिड्नीसम्म जडान उडानहरू चलाएको छ।

क्वान्टासको पहिलो उडान आईतवार राति प्रस्थान गरेको थियो र सोमवार बिहान ३४९ अस्ट्रेलियाली र उनीहरूका नजिकका परिवारसहित अवतरण भएको थियो। ३ हजार ७५० भन्दा बढी अस्ट्रेलियालीहरूले लेबनान छोड्न विदेश मामिला विभागमा दर्ता गरेका छन्।

सरकारले महिनौंदेखि लेबनानमा रहेका अस्ट्रेलियालीहरूलाई बेरुत एयरपोर्ट बन्द हुनसक्ने चेतावनी दिँदै देश छोड्न बारम्बार आग्रह गरेको थियो। बुधवारसम्म, लेबनानमा अनुमानित १५ हजार अस्ट्रेलियालीहरू थिए।  

प्रकाशित: २४ आश्विन २०८१ ११:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App