२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

संविधान संशाेधनका विषयमा प्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल

संविधान संशोधनका विषयमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) शीर्ष नेतृत्वबीच छलफल भएको छ । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका बीचमा बुधबार संविधान संशाेधनका विषयमा कुराकानी भएको थियो ।

मोर्चा र एमाले कार्यकर्ताबीच झडप, ७ कार्यकर्तालार्इ नियन्त्रण लिएर छाेडियाे

रौतहटको सदरमुकाम गौर स्थित जिल्ला विकास समितिको कार्यालय अगाडी मधेसी मोर्चा र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। जिल्ला आएका एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विरोधमा मोर्चाका कार्यकर्ता नारावाजीमा उत्रिएसँगै नेता नेपालको समर्थनमा एमाले कार्यकर्ता उत्रिएपछि दोहोरो झडपको अवस्था सिर्जना भएको हो।

एमाले नेता नेपालको विरोधमा लहानमा प्रदर्शन

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल आइतबारदेखि लहानमा कार्यकर्ता भेटघाटमा व्यस्त छन्। उनको लहान आगमनको बिरोध गर्दै मधेसी मोर्चाका कार्यकर्ताहरु सोमबार विहानदेखि पूर्वपश्चिम राजमार्गको लहान खण्डमा टायर बालेर विरोध प्रदर्शनमा उत्रेका छन्। सोमवार विहानैदेखि मोर्चाका कार्यकर्ताले टायर बाल्ने र सुरक्षाकर्मीले निभाउने क्रम जारी छ। सो क्रममा सुरक्षाकर्मी र विरोधकर्ताबीच घम्साघम्सी नै भएको थियो।

कांग्रेसी चलखेल र एमाले तलतल

आजको कांग्रेस कोइराला, सिंह र निधी परिवारका वंशज र अंगीकृत उत्तराधिकारीहरुका लागि नाफा कमाउने र साख गुमाउने माध्यममात्र बनेको छ।

पाँच नम्बर प्रदेश टुक्र्याए भयावह अवस्था आउने एमाले चेतावनी

सरकारले पाँच नम्बर प्रदेशलाई विभाजन गर्ने गरी संविधान संशोधन प्रस्ताव तयार पारेको भन्दै प्रमुख प्रतिपक्ष एमालेले आपत्ति जनाएको छ। सोमबार र मंगलबार बुटबलमा चलेको एमाले पाँच नम्बर प्रदेशको पहिलो बैठकले पाँच नम्बर प्रदेश विभाजन गरे त्यसले गम्भीर रुप लिने चेतावनी दिएको हो।

एमालेको भेला अमलटारीमा

नेकपा (एमाले) प्रदेश न. ४ को बैठक तथा भेला आइतबारदेखि नवलपुर क्षेत्रको अमलटारीमा सुरु हुँदैछ । नवलपरासीको दाउन्ने पूर्व भागलाई संविधानले प्रदेश नं ४ मा कायम गरेपछि एमालेले पहिलो पटक थारु होमस्टे गाउँ अमलटारीमा बैठक गर्न लागेको हो ।

तराई झरे एमाले नेता

मधेसी दलका नेताले मधेस विरोधी भन्दै प्रचार गरिरहेका बेला एमालेका नेताहरु मधेस झरेका छन्। संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसी मोर्चाले एमालेलाई मधेस विरोधी पार्टीका निसाना बनाउँदै आएका थिए। एमालेले संविधान कार्यान्वयनका लागि देशव्यापी रुपमा सुरु गर्ने चार महिने अभियान मधेसमा जनकपुरबाट सुरु गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।

'सिमली छायाँमा...' यसरी नाचे एमाले नेताहरु (फोटो फिचर)

तिहारको रमझम सुरु भएको छ। सहर देउसी भैलोले संगीतमय बनेको छ। टोल टोलमा साना देखि ठूला देउसी भैलो समूह देउसी खेल्दै रमिरहेका छन्। यसबाट राजनीतिक पार्टी पनि अछुतो रहन सकेका छैनन्। शनिबार नेकपा एमाले मुख्यालय धुम्वाराहीमा देउसीमा नेता तथा कार्यकर्ता रमाए।

एमाले रुपन्देही अध्यक्षमा सुवेदी

नेकपा (एमाले) रुपन्देहीको बिहीबार भैरहवामा सम्पन्न आठौँ जिल्ला अधिवेशनले शिव सुवेदीको अध्यक्षतामा जिल्ला कमिटि चयन गरेको छ ।

महाअभियोगलाई संविधान संशोधनसँग सौदावाजी गर्ने कुरा एमालेलाई मान्य छैन:पोखरेल

नेकपा एमालेका नेता शंकर पोखरेलले संविधान संशोधनको सौदावाजीका रुपमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई लिइए आफ्नो पार्टीले कुनै हालतमा नमान्ने बताएका छन्।

बारा एमाले अध्यक्षमा विश्वकर्मा

सात वर्षपछि भएको नेकपा एमाले बाराको ९औं जिल्ला अधिवेशनबाट सुन्दर विश्वकर्मा अध्यक्ष पदमा निर्वाचित भएका छन्। माधव नेपाल र झलनाथ खनाल खेमाबाट उम्मेदवारी दिएका विश्वकर्माले एमालेका अध्यक्ष केपी ओली खेमाबाट उम्मेदवारी दिएका रबिन्द दास श्रेष्ठ भन्दा ७८ मत बढी ल्याएर बिजयी भएको एमाले बाराले जनाएको छ।

'महाअभियोग प्रस्ताव सबै पार्टीको हो, एमालेले गोल हानेको मात्रै हो'

नेपाली कांग्रेसका सांसद धनराज गुरुङले लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने मुद्दा सबै पार्टीको भएको उल्लेख गरेका छन्। कांग्रेसभित्र महाअभियोग एमाले-एमाओवादीको हो भनेर लोकमानसिंह कार्कीलाई संरक्षण दिने प्रयास भइरहेका बेला उनले गगन थापा, आफू र श्याम श्रेष्ठले संसदीय समितिमा महाअभियोगको माग गर्दै निवेदन दिएको स्मरण गराएका हुन्।

एमाले पाल्पामा आचार्य निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी एमाले पाल्पाको अध्यक्षमा नारायणप्रसाद आचार्य निर्वाचित भएका छन् । आठौं जिल्ला अधिवेशनबाट सहमतिमा आचार्य अध्यक्ष निर्वाचित भएका हुन् । आचार्य केपी शर्मा ओली निकट मानिन्छन्।

कांग्रेस, एमाले, माओवादी र मधेसी नेताले एक ठाउँमा उभिएर लोकमानबारे यसो भने

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य रामनारायण विडारीले अबको साढे दुई महिनाभित्र अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावले पूर्णता पाउने दाबी गरेका छन्।

महाअभियाेग प्रस्ताव: एमाले-माअाेवादी एक ठाउँ, कांग्रेसकाे विमति

अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि त्यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ। सत्तारुढ दल कांग्रेसले कार्कीलाई महाभियोय गलाउने विषयमा पाटीभित्र कुनै छलफल नभएको बताएको छ। कांग्रेस ने ता एनपी साउदले अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनेबारेमा आफ्नो पार्टीले अहिलेसम्म कुनै छलफल नै नगरेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्