२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

भाका सार्दै प्रधानमन्त्री, चिढिँदै मोर्चा, एमालेको अलग्गै अडान

प्रधानमन्त्री पुष्पकमल दाहालले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गराउने बताइरहेका बेला छठ अगाडि संविधान संशोधन नहुने भएको छ। प्रधानमन्त्रीले सबै दलसँगको सहमतिमा संविधान संशोधन प्रस्ताव गराउने इच्छा व्यक्त गरेका कारण छठ अगाडि संविधान संशोधन प्रस्ताव गर्दा नहुने भएको हो।

यस्ताे देखियाे एमालेकाे चियापान [फाेटाे फिचर]

नेकपा एमालेले शनिबार चियापान कार्यक्रम अायेजना गरेकाे छ । धुम्बाराहीस्थित शङ्खपार्कमा दिउँसो १२ देखि ३ बजेसम्म गरिएकाे चियापान कार्यक्रममा विभिन्न राष्ट्रिय भेशभूषामा सजिएका कलाकारले झाँकी प्रदर्शन गरे।

एमालेबाट चियापान शनिबार

नेकपा (एमाले) ले बडादसैँ, तिहार, नेपाल संवत् र छठ लगायत पर्वका अवसरमा यही असोज २९ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

एमाले दाङको अध्यक्षमा खड्का

नेकपा (एमाले)को १२ औँ जिल्ला अधिवेशनले टीकाराम खड्काको अध्यक्षतामा ८१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ। समितिको उपाध्यक्षमा हुकुम बस्नेत, सचिवमा हीराचन्द्र केसी र उपसचिवमा सुरामणि बेल्बासे चयन भएको एमाले पोलिटब्युरो सदस्य भागवत विश्वासीले जानकारी दिए।

फेरिँदो राजनीति र एमाले

संविधान घोषणा गर्ने बेला सरकारको नेतृत्वमा कांग्रेस र प्रक्रियामा माओवादीले सघाए पनि यसभित्रको अन्तर्बस्तुमा एमालेको भूमिका निर्णायक रह्यो। तसर्थ नयाँ संविधानको जस र अपजसको पहिलो हकदार एमाले नै हुनेछ।

एमालेले उपाध्यायको विपक्षमा मतदान गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायको विपक्षमा मतदान गर्ने भएको छ। उपाध्यायलाई राजदूत बनाउने सरकारी निर्णय 'प्रतिशोधपूर्ण' भएको निष्कर्ष निकाल्दै एमालेले विपक्षमा मतदान गर्ने जनाएको हो।

देशमा संकट आइलाग्दा एमालेमा गुटबन्दी बढ्योः खनाल

एमाले वरिष्ठ नेता झलनाथ खनालले जबजब देशमा संकट आइलाग्छ त्यति नै बेला पार्टीभित्र गुटबन्दी मौलाउने गरेको बताएका छन् । ‘एमाले जब एकताबद्ध हुन्छ पार्टीमा राम्रो रिजल्ट त आउँछ नै देशमा समेत राम्रो हुने गर्छ, जब देशमा संकट हुन्छ त्योबेला पार्टीभित्र गुटबन्दी हाबी हुन्छ,’ इटहरीमा एमालेले आयोजना गरेको प्रदेश नं. १ स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले शुक्रबार भने ।

संविधान कार्यान्वयनको संकेत देखापर्‍यो: एमाले नेता नेपाल

दाङ- नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले बर्तमान सरकारबाट संविधान कार्यान्वयनको संकेत देखा परेको बताएका छन्।

संविधान संशोधनको लागि एमालेसँग परामर्श गरिएको छैन: नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा नरहेको बताएका छन्। नेपालगन्जमा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले संविधान संशोधनकालागि एमालेसँग कुनै परामर्श नगरिएको भन्दै दुःख व्यक्त गरे।

एमालेमा गुट प्रतिस्पर्धा निषेध

नेकपा एमालेले पार्टी र जनसंगठन नेतृत्वका लागि हुने चुनावमा प्यानल (गुट) प्रतिस्पर्धा गर्न रोक लगाएको छ। जारी केन्द्रीय कमिटी बैठकले 'पार्टीको आन्तरिक एकता र प्रभावकारी परिचालनका लागि १० बुँदे विशेष प्रस्ताव पारित गर्दै आन्तरिक प्रतिस्पर्धालाई गुटगत नभई व्यक्तिगत बनाउने निर्णय गरेको छ।

संविधान संशोधनमा एमाले सहयोग आवश्यकः श्रेष्ठ

नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले संविधान संशोधनमार्फत असन्तुष्टहरुको माग सम्बोधन गर्नको लागि प्रमुख राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन्। उनले संविधान संशोधनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए ।

रेडियो धादिङको भवन भत्काइयो, एमालेको आपत्ति

नीलकण्ठ नगरपालिका–८ स्थित अमरावती सामुदायिक वनभित्र रहेको रेडियो धादिङ १०६ मेगाहर्जको भवन र सँगै रहेको महिला सुरक्षा भवन आज बिहान उज्यालो नहुँदै जिल्ला वन कार्यालय, धादिङले भत्काइदिएको छ ।

एमालेमा ‘गुटबन्दी चरम'

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीभित्र गुटबन्दी चरमोत्कर्षमा पुगेको बताएका छन्। आफ्ना विरोधीलाई तह लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनेसम्मका घटना भएको उनले जनाएका छन्।

भ्रम चिर्न एमालेले अभियान चलाउने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई तराई र आदिवासी जनजातिविरोधी पार्टीका रूपमा देखाउने संगठित र योजनाबद्ध प्रयास भइरहेको जनाउँदै त्यसविरुद्ध अभियान चलाउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्