२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

एमाले बैठकमा अध्यक्षको प्रतिवेदन पेस

काठमाडौँ- नेकपा (एमाले) केन्द्रीय कमिटीको आजदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विकसित परिस्थिति र आगामी कार्ययोजनासहितको लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। बैठकका लागि विभिन्न आठ कार्यसूची पनि पारित भएको छ।

संविधान संशोधन कसका लागि र किन ? : एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक महत्वको विषयमा सदनमा दिएको वक्तव्यलाई प्रचारमुखी मात्र भएको सङ्ज्ञा दिएको छ ।

एमाले नेता शंकर पोख्रेलको ट्विट विवादः राैतहटमा पुत्ला दहन

एमाले नेता शंकर पोखरेलको अभिव्यक्तिको विरोधमा रौतहट सदरमुकाम गौरमा मधेसी मोर्चाले प्रदर्शन गरेको छ। मोर्चा संबद्ध कार्यकर्ताले बुधबार बिहान नेता पोख्रेलको पुत्ला दहन गरेका छन्।

एमाले 'पर्ख र हेर'

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले ल्याउने तयारी गरिरहेको संविधान संशोधन प्रस्तावमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले 'पर्ख र हेर'को रणनीति अपनाउने भएको छ।

चर्कियो कांग्रेस-एमाले विवाद

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई लेखेको पत्रलाई लिएर सत्तारुढ कांग्रेस र एमालेबीचको विवाद फेरि चर्किएको छ। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिमार्फत् दाहालले पठाएको पत्रमा संविधान संशोधन गर्न भारतीय सहयोग मागेको आरोप एमालेले लगाउँदै आएको छ।

एमाले बटम लाइनः संशोधन होइन, संविधान कार्यान्वयन

सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाउने बताइरहेका बेला प्रमुख प्रतिपक्ष एमाले भने त्यसको विपक्षमा उभिएको छ। एमालेले संविधान संशोधन आजको आवश्यकता नभएको भन्दै संविधान कार्यान्वयन मुख्य विषय भएको जनाएको छ।

बालुवाटारको क्याबिनेट हलमा कांग्रेस-एमाले भनाभन

मधेसको माग सम्बोधन गर्ने र आन्तरिक राष्ट्रियता सुदृढ गर्न भन्दै प्रधानमन्त्रीमा निर्वाचन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोही विषमया सहमति जुटाउने प्रयासस्वरुप मंगलबार प्रमुख तीन दलको बैठक बोलाएका थिए। बैठक कक्ष तोकिएको थियो– क्याबिनेट हल।

एमाले नेता खनालको चेतावनी: सरकारले गल्ति गरे आगो बाल्छौ

सिन्धुली-नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले पुष्पकमल दाहाल नेतृत्वको सरकारले गडबडी गरे आगो बाल्ने चेतावनी दिएका छन्।

सत्ता परिवर्तनको खेलले मुलुकमा अस्थिरताः एमाले नेता पोखरेल

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले सत्ता परिवर्तनको खेलले मुलुकमा अस्थिरता निम्तिएको बताएका छन्। मुख्य तीन राजनीतिक दलबीचको सहकार्य र सहमति सत्तासँग मात्रै जोड्ने कार्य नेताहरुले गरेकाले सम्बन्धमा चिसो पसेको उनले बताए ।

पार्टी प्रवेश गर्नेलाई एमालेले उचित जिम्मेवारी दिने

काठमाडौं— प्रमुख विपक्षी नेपका एमालेले आफ्नो पार्टीमा सामहित हुने राजनीतिक व्यक्तित्वलाई उचित सांगठनिक जिम्मेवारी दिने निर्णय गरेको छ।

एमालेले तोक्यो प्रदेश संयोजक र सहसंयोजक

प्रमुख विपक्षी नेकपा एमालेले ७ प्रदेशका संयोजक तथा सहसंयोजक तोकेको छ। एमालेले प्रदेश नम्बर १ को संयोजकमा सचिव भीम आचार्य र सह संयोजक शेरधन राईलाई जिम्मेवारी दिएको छ।

शक्तिको प्रलोभनका कारण नयाँ सत्ता गठबन्धन : एमाले

काठमाडौँ-नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकमा केही नेताले विभिन्न शक्तिको प्रलोभनका कारण नयाँ सत्ता गठबन्धन बनेको बताएका छन्।

‘गुटबन्दीले एमाले कमजोर'

नेकपा एमालेका नेताहरूले गुटबन्दीले पार्टीलाई कमजोर बनाउँदै लगेको बताएका छन्। एमालेका जारी स्थायी कमिटीको बैठकमा बोल्दै उनीहरूले संस्थागत निर्णय हुन छाडेर गुटको राजनीति मौलाएको भन्दै आगामी चुनावमा त्यसको परिणाम देखिने चेतावनी दिएका हुन्।

संविधान संशाेधनबाट एमाले भाग्न मिल्दैन : खनाल

खनालले मधेसी मोर्चाले अघि सारेका माग राष्ट्रिय मुद्दा भएको उल्लेख गर्दै भने, ‘मोर्चाले अघि सारेका माग सम्बोधन गर्ने जिम्मेवारी एमालेको पनि हो, यो जिम्मेवारीबाट एमाले पन्छिन मिल्दैन।’ संविधान कार्यान्वयनकालागि दलहरुबीच सहमति, सहकार्य र एकताको आवश्यकता रहेको उनको भनाइ थियो।

एमाले प्रतिपक्षमै बसेर संविधानको रक्षा गर्छः सचिव भट्टराई

बुटवल– नेकपा (एमाले)का केन्दीय सचिव योगेश भट्टराईले एमालेले अब रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै संविधानको कार्यान्वयन र रक्षाका लागि जस्तोसुकै चुनौतीको पनि सामना गर्न तयार भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्