अन्तर्राष्ट्रिय
समाज
'सिमली छायाँमा...' यसरी नाचे एमाले नेताहरु (फोटो फिचर)
काठमाडौं- तिहारको रमझम सुरु भएको छ। सहर देउसी भैलोले संगीतमय बनेको छ। टोल टोलमा साना देखि ठूला देउसी भैलो समूह देउसी खेल्दै रमिरहेका छन्। यसबाट राजनीतिक पार्टी पनि अछुतो रहन सकेका छैनन्। शनिबार नेकपा एमाले मुख्यालय धुम्वाराहीमा देउसीमा नेता तथा कार्यकर्ता रमाए।
एमाले निकट अनेरास्ववियू र रक्तिम संस्कृतिक समूहको भैलोमा नेताहरु धितमरुन्जेल नाचे। एमाले मुख्यालयमा जीवन शर्माको सिमली छायाँले सबैलाई नचायो। एमाले उपाध्यक्ष युवराज ज्ञवाली, पूर्व सञ्चारमन्त्री शेरधन राई, युवा नेता तथा संसद रविन्द्र अधिकारी गायक जीवन शर्माको 'सिमली छायाँमा बसी...' गीतमा नाचे। हेरौं केही तस्बिरहरु:
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%