२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

संविधान संशोधन प्रस्तावको प्रतिवाद गर्ने एमाले चेतावनी

एमाले अध्यक्ष केपी ओली निवासमा बसेको एमाले स्थायी कमिटी बैठक। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराए नेकपा एमालेले त्यसको प्रतिवाद गर्ने भएको छ। नेकपा एमालेले स्थायी कमिटी बैठकले आफ्नो पार्टीको असहमतिका बाबजुद जबर्जस्ती त्यसो गर्न खोजिए त्यसको सशक्त प्रतिवाद हुने चेतावनी दिएको छ।

संविधान कार्यान्वयन यतिवेलाको प्रमुख राष्ट्रिय कार्यभारका रुपमा रहेको र यसका लागि आगामी १४ महिनाभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न सम्पूर्ण तयारी केन्द्रित गर्नु पर्ने बेला त्यसलाई गम्भीर रुपमा व्यवधान खडा गर्ने गरी सरकारले संविधान संशोधन गर्न खोजेको स्थायी कमिटी बैठकपछि पार्टी सचिव योगेश भट्टराईद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

आफ्नो मुल जिम्मेवारीबाट पर हटेर संशोधनको नाममा अनावश्यक, अनुचित र हानिकारक गतिविधि तर्फ सरकार लाग्नु दुखद भएको एमालेले बैठकले ठहर गरेको छ। एमाले यस भित्र राजनीतिक दलहरुबीचमा विभाजन ल्याउने, समाजमा द्वन्द निम्त्याउने र मुलुकमा राजनीतिक संकट निम्त्याउने षडयन्त्र लुकेको आरोप लगाएको छ।

सरकारले संविधानको धारा १२१ को प्रवधान विपरित सरकारले ल्याउन खोजेको पूरक अनुमानको कुनै औचित्य र आवश्यकता नभएको एमालेले ठहर गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १० मंसिर २०७३ १५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App