७ आश्विन २०८१ सोमबार
image/svg+xml

कृषि अनुदानबारे किसान नै अनभिज्ञ

निर्वाचनका बेला मीठामीठा आश्वासन दिने नेताहरूले किसानलाई अनुदान उपलब्ध गराउनु त टाढाको कुरा, जानकारीसमेत नदिने गरेको स्थानीयको गुनासो छ।

भुक्तानी माग्दै उखु किसान अनशनमा

उधारो उखुको रकम भुक्तानी माग गर्दै उखु किसान संघर्ष समितिले आइतबारबाट मलंगवामा रिले अनशन सुरु गरेको छ। धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर एन्ड जेनरल इन्डस्ट्रिज प्रालिले विगत तीन आर्थिक वर्षको र गोडैता नगरपालिकास्थित बगदहमा रहको श्री महालक्ष्मी सुगर प्रालिले पाँच महिनाको बाँकी राखेको रकम भुक्तानी माग गर्दै मलंगवाको सहिद पार्कमा उखु किसानले रिले अनशन सुरु गरेका हुन्।

सहरकारीमार्फत कृषिमा आत्मनिर्भर

मौरीपालक महिलाले आफ्नो छुट्टै सहकारी स्थापना गरेर व्यवसाय व्यवस्थित गरिरहेका छन्। किसानबाट सहकारीमा वार्षिक रुपमा ६० टन मह उत्पादन गरेको सहकारीकी व्यवस्थापक देवी ओलीले बताइन्।

सडकले व्यावसायिक बन्दै किसान

सिन्धुलीमा पछिल्लो समयमा धमाधम निर्माण भइरहेको ग्रामीण सडकले कृषि क्षेत्रलाई टेवा पु-याएको छ। ग्रामीण सडकको पहुँचसँगै किसानहरू व्यावसायीक खेतीमा जुट्न थालेका छन्।

सरकार गुहार्दै अलैंची किसान

पूर्वी नेपालका अलैंची किसान, व्यवसायी तथा निर्यातकर्ताले दोहोरो कर प्रणाली र भारत निकासीका क्रममा लाग्ने (गुड सेल्स ट्याक्स) हटाएर निर्यात सहज बनाइदिनेसहितका १५ बुँदे मागपत्र पेश गर्दै प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गरेका छन्।

हामीलाई सरकारले सहयोग गर्दैन ?

जस्बिरेका चिया किसान तथा उद्योगी सरद सुब्बा सबेरदेखि अबेरसम्म उद्योगमा चिया प्रशोधका लागि खटिन्छन्। आफ्नै लगानीमा खुलेको उद्योगको मुख्य प्राविधिक आफैं रहेका सरदको मुख्य ध्यान नै तयारी चिया कसरी उच्च गुणस्तरको बनाउने भन्नेमा हुन्छ।

भक्तपुरका किसानले गरे दिगु पूजा

भक्तपुरमा बिहीबार दिगु (देवाली) पूजा गरिएको छ। यहाँका अधिकांश किसान परिवारले यो पूजा गरेका हुन्।

चिराइतोको भाउ कुर्दै किसान

कुनै बेला चिराइतोको स्वाद जति तितो थियो मूल्य भने ठिक उल्टो गुलियो थियो। तितो चिराइतोको मिठो मूल्य पाएर हौसिएका भोजपुरका कृषक अहिले भने निराश बन्न थालेका छन्।

६८ करोड बाँकी राख्दै उद्योग बन्द

करोडौं रुपैयाँ भुक्तानी बाँकी राख्दै उखु उद्योग बन्द भएपछि किसानमा फेरि निराश बनेका छन्। विगतका वर्षको आठ करोड र चालू क्रसिङ सिजनको ६० करोड रुपैयाँ भुक्तानी दिनुपर्ने रकम बाँकी राख्दै गत हप्ता गरुडास्थित श्रीराम सुगर मिल्स बन्द भयो।

तरकारी खेतीमा रमाउँदै किसान

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानले सामूहिकरुपमा तरकारी खेती लगाएका छन्। तराईबाट त्रि–धार्मिकस्थल हलेसीलगायत स्थानीय बजारमा आउने तरकारी विस्थापित गर्ने लक्ष्यसाथ स्थानीय बरबोटे विजवृद्धि कृषक समूहमा आवद्ध किसानले सामूहिकरुपमा तरकारी खेती लगाएका हुन्।

‘नेकपा र कांग्रेस भारतको ट्रोजन हर्स’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें रोहितले नेपाल कम्युनिष्ट पार्टी र कांग्रेसका नेताहरू भारतको ‘ट्रोजन हर्स’ भएको बताएका छन्। १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ख्वप कलेज भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै रोहितले देश विकासको लागि असल, इमानदार र देशभक्त राजनीतिक नेता तथा कार्यकर्ता आवश्यक भएको बताए।

एनबी ग्रुपका श्रेष्ठ दाजुभाइद्वारा हिनामिना

कारखाना खोल्न किसानबाट अधिग्रहण गरेको चार सय २० रोपनी जग्गा हरिसिद्धि इँटा तथा टायल कारखानाका सञ्चालकले षड्यन्त्रपूर्वक हडपेर हिनामिना गरेको पाइएको छ।

मूलधारमा महिला

हिमा गाउँपालिका–७ की अम्बिका अधिकारी तरकारी किसान हुन् । उनले तरकारी खेतीबाट मनग्ये आम्दानी गरिरहेकी छिन् । मौसम या बेमौसम उनका लागि कुनै बेला फुर्सद हुँदैन । उनले भनिन्, ‘उत्पादित तरकारी बेचेर जीवनस्तर बदलेको छु ।’ दशकअघिसम्म श्रीमानको कमाइमा निर्भर उनी अहिले आफूले कमाएर श्रीमानलाई खर्च दिन्छिन् । ‘पहिले चुलो–चौकोमै सीमित थियौं, अहिले आयआर्जनका क्रियाकलापमा संलग्न छौं । परिवारको समृद्धिका लागि व्यावसायिक रुपमा अघि बढेका छौं,’ उनले भनिन् ।

ओलीलाई त्रिपाठीको सुझावः किसान सुखी नभएसम्म मुलुक समृद्ध हुँदैन

प्रतिनिधिसभाका सदस्य हृदेश त्रिपाठीले तत्काल उखु किसानलाई अनुदान प्रदान गर्न माग गरेका छन्। सरकारको अकर्मण्यता र चिनी मालिकहरुको उदण्डताका कारण उखु किसानहरु ठूलो मारमा परेको भन्दै उनीहरुलाई तत्काल सरकारले ७० प्रतिशत र चिनी मिल सञ्चालकहरुले ३० प्रतिशत अनुदान दिनुपर्ने उनको माग छ।

मध्यवर्ती क्षेत्रको खेती निकुञ्जका जन्तुलाई

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खासकुश्मा सौरीका किसान चुर्णबहादुर भण्डारीले यसपालि आफ्नो गहुँबाली राम्ररी स्याहार्नै पाएनन्। बाँके राष्ट्रिय निकुञ्जबाट आएका जन्तुले उनको गहुँ सखाप बनाए। तारबार नभएका कारण गहुँबाली जोगाउन धेरै प्रयास गरे पनि सम्भव नभएको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्