७ आश्विन २०८१ सोमबार
image/svg+xml

हाम्रै माटो मलिलो छ, यहीँ सुन फल्छ

लमही नगरपालिका–३ टिकलीगढमा अवस्थित १२ बिगाहा जमीनमा यतिखेर गोलभेँडा, लौका, भिण्डी, करेला, काँक्रो, खुर्सानी, सिमी, बन्दा, फूलकोभी लगायतका धेरै तरकारी लटरम्म फलेका छन्।

विप्लव निकट किसान संघ पाल्पाका अध्यक्ष पक्राउ

विप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान संघ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ।

किसान ठग्दै चिनी उद्योग

वर्षौंदेखि उखुको मूल्य र भुक्तानी दुवैमा किसानलाई अल्झाइरहेका चिनी उद्योगीले चालु आर्थिक वर्षमा पनि करिब आठ अर्ब रुपैयाँ अझै भुक्तानी गरेका छैनन्। चिनीको मुख्य सिजन चाडपर्वको बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत मूल्यमा झुक्याएर आयात रोक्न सफल भएका व्यवसायीले किसानलाई भुक्तानी दिन अल्झाइरहेका छन्। प्रधानमन्त्री ओलीले सोमबार नेपाल उद्योग परिषंघको कार्यक्रममा चिनी उद्योगीले आफूलाई झुक्काएको बताएका थिए।

लगानी डुब्ने चिन्तामा उखु किसान

गर्मीयामसँगै उखु सुक्न र खर्च बढ्दै जाँदा किसान लगानी डुब्ने चिन्तामा परेका छन्। चिसोमाभन्दाअहिले उखु तयार गर्न ४० प्रतिशतभन्दा बढी लाग्ने किसानको भनाइ छ। खेतमाउखु सुक्दै गएपछि लगानीपनि उठ्दैन किभन्ने त्रास किसानमा छ। ‘चिसोमासय क्विन्टल बिक्रीगर्न आठ हजार रुपैयाँखर्च हुन्थ्यो,’ मेथुरापुरका किसान महेन्द्र यादवले भने, ‘गर्मी सुरु भएपछि खर्च बढेर १२ हजार जतिपुगेको छ।’

एक दिन पनि टिकेन अलैंची मूल्य

लगातार चार महिना ओरालो लागेको मूल्यमा चैत दोस्रो साताको अन्तिम दिन देखिएको केही सुधार एक दिनभन्दा बढी नटिकेपछि अलैंची किसान तथा व्यवसायीमा पलाएको झिनो आशा फेरि मरेको छ।

अन्नभण्डारमाथि भोकको सिरानी

सिरहाको उत्तरवर्ती धनगढीमाई नगरपालिका–८ का झबु यादव (६५) लाई सरकारसँग धेरै अपेक्षा छैन। सामान्य किसान यादवको एउटै अपेक्षा छ, त्यो हो पानी। अर्थात् सिँचाइको भरपर्दो व्यवस्था भइदिए बाँझो जमिनमा अन्न फलाएर गुल्जार बनाउने उनको धोको छ।

ओलीको प्रश्नः विषादी हालेर फर्सीजत्रो सुन्तला बनाएपछि स्वाद कहाँबाट आउँछ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीले ठूलो मात्रामा कृषि उत्पादन गर्नुपर्ने बताएका छन्। ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सहकारीले ठूला फाँटमा धेरै उत्पादन गरेर किसानलाई पनि समृद्ध बनाउनु पर्नेमा जोड दिए। ‘हाम्रो अहिले समस्याको रुपमा रहेको खेतीको खण्डिकरणलाई रोक्नुपर्छ। चक्ला खेती सुरु गर्नु पर्दछ’, उनले भने, ‘भूगोल अनुसार जे बाली उत्पादन हुन्छ। त्यो ठूलो मात्रामा उत्पादन गर्नु पर्दछ। जसले गर्दा बजारीकरणमा समस्या हुँदैन।’

किसानद्वारा दूधको भाउ बढाउन माग

अहिले दानाको मूल्य बढे पनि दूधको मूल्य नबढ्दा किसान मारमा परेको पशुपालक तथा दूध व्यवसायी रमेश गिरीले बताए। “अहिले गाई तथा भैँसीको दूध प्रतिलिटर रु ५० मात्रै पर्छ तर दाना प्रतिकिलोको करीब रु ४५ सम्म पर्छ”, उनले भने, “यसले किसानलाई प्रतिलिटरमा पाँच रूपैयाँ भन्दा बढी आम्दानी हुँदैन।”

केरामा देखिएको रोगले किसान चिन्तित

किसानले गरेको केराखेतीमा देखिएको रोगले किसान चिन्तित भएका छन्। केराको बोट ओइलाउने, गुभो कुहिँदै जाने, बोट मर्ने, जरामा गिर्खा पर्ने समस्या देखिएको छ। पछिल्लो तीन वर्षयता यो समस्याले केराखेती गर्ने किसानलाई सताएको छ। मालभोग जातका केराखेती गरेको बगैंचामा यस्तो समस्या देखिएको केरा जोन चितवनका कृषि अधिकृत इन्द्रशर्मा ढुंगाना बताउँछन्।

‘अमेरिकाले राखेको सर्तसहितको सहयोग नस्वीकार’

अमेरिकाले सर्तसहित उपलब्ध गराउने भनेको सहयोग सरकारले स्वीकार्न नहुने नेपाल मजदुर किसान पार्टीले बताएको छ।

किसान केरा खेतीतर्फ आकर्षित

६ वर्षअघिसम्म सुनसरी रामधुनी–८ (साविक डुम्राहा वडा नं. ३)का रामकुमार मेहता धान खेती गर्दै आएका थिए। अन्नबाली उत्पादनको उर्वर भूमि रामधुनीमा बर्खाको सिजनमा लगाएको धान ७० मन (प्रतिमनमा ४० केजी) उत्पादन हुने गथ्र्यो। तर, उनलाई धानबाट भन्दा पनि केरा खेतीबाट आम्दानी राम्रो हुने कृषिविज्ञले सल्लाह दिएपछि सोच बदले। अहिले उनले त्यही एक बिघामा केरा खेती गर्न थाले।

किसान कोटामा मन्त्रीकाे भ्रमण

चिया किसान तथा चिया व्यवासायीहरूको कोटामा कृषि विकासमन्त्री चक्रपाणि खनाल शनिबार दिउँसो चीन जाँदै छन्। मन्त्री खनाल २० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन्। चीनको सिचुवान प्रान्तको इविनी नगरपालिकामा मार्च १७ देखि २१ सम्म हुने ‘फर्ड अनुअल टी एक्सपो’ कार्यक्रममा सहभागी हुन मन्त्रीसहितको टोली चीन जान लागेको हो।

किवी किसानलाई करोड अनुदान

माथिल्लो सगरमाथाका तीन जिल्लाका किवी किसानले एक करोड रुपैयाँ अनुदान पाउने भएका छन्। सोलुखुम्बु, ओखलढुंगा र खोटाङका किवी खेती गरिरहेका कृषकलाई बागवानी केन्द्र फाप्लुमार्फत प्रस्तावनामा आधारित अनुदान कार्यक्रमअन्तर्गत एक करोड अनुदान वितरण गर्न लागिएको हो।

किसान एग्रो केमिकल्स उद्योगमा छापा

जिल्ला प्रशासन कार्यालय पर्सा नेतृत्वको एउटा टोलीले वीरगंजका उद्योगी श्यामकुमार तुल्स्यानले संचालन गरेको किसान एग्रो केमिकल्स प्रालिमा छापा मारेको छ। छापा हान्ने टोलीमा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय, कृषि ज्ञान केन्द्र, जिल्ला प्रहरी कार्यालय लगायत कार्यालयका प्रतिनिधि थिए। टोलीले मंगलवार दिउँसो १ बजे वीरगंज–३ छपकैयास्थित नारायणी अस्पतालको दक्षिणपट्टि रहेको सो उद्योगमा छापा हानी शिलबन्दी गरेको छ।

उखुको भुक्तानीप्रति किसान असन्तुष्ट

रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिले किसानबाट खरिद गरेको उखुको भुक्तानी रकममध्ये थोरै रकम पेस्कीस्वरुप भुक्तानी गर्न सुरु गरेकामा किसानले असन्तुष्टि जनाएका छन्। कलैया उपमहानगरपालिका–२४ श्रीपुरस्थित रिलायन्सले किसानबाट खरिद गरेको उखुको भुक्तानी सरकार र चिनी मिल सञ्चालकबीचको सहमतिविपरित भएकामा असन्तुष्टि जनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्