७ आश्विन २०८१ सोमबार
image/svg+xml

‘गाई होइन प्रविधि ल्याऊ’

तीनवटा प्रदेश सरकारले १० हजार उन्नत गाई चीनबाट ल्याउन गरेको निर्णयलाई किसानले सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाएका छन्। प्रदेशमा गाईको स्रोत केन्द्र स्थापना गरेर दूध उत्पादन बढाउने प्रदेश सरकारले तयारी गरिरहँदा विवाद सिर्जना भएको हो।

खान नपाएर १४ सय पशु मरे

झन्डै डेढ महिनासम्म परेको हिमपातका कारण पशु मरेपछि हिमाली जिल्ला मुस्ताङका किसानले करोडौं रुपैयाँ बराबरको क्षति बेहोर्नुपरेको छ।  मुस्ताङको माथिल्लो भेग लोमान्थाङका किसानले पालेकामध्ये अहिलेसम्म झण्डै एक हजार चार (१४ सय) पशु मरेको भेटिएका छन्।

घरमै थन्कियो फसल

नेपालको प्रमुख निर्यातजन्य कृषिउपज अलैंची किसानको घरमै थन्किएको छ। पछि राम्रो मूल्य पाउने आसमा किसानले अलैंची थन्क्याएर राखेका हुन्। कृषिलाई प्राथमिकता दिने चर्चा भइरहँदा अलैंची किसान भने मूल्य नपाएर दिन प्रतिदिन निराश बन्दै छन्।

काठमाडौंमा तीनदिने किसान अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

फागुन २६ देखि २८ गतेसम्म काठमाडौंमा खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। १० देशका १५ जना विदेशी पाहुनासहित साढे तीन सयले यसमा भाग लिनेछन्।

उखुको अनुदान रकम वितरण सुरु

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मलंगवाले पहिलो चरणमा चारवटा स्थानीय तहका उखु किसानको सरकारी अनुदानवापतको रकम वितरण गर्न सुरु गरेको छ। मंगलबार उखु किसान नेताहरुले पत्रकार सम्मेलन गर्दै तीन दिनभित्र अनुदान रकम नपाए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएसँगै बुधबार कोलेनिकाले ईन्दुशंकर चिनी उद्योगलाई नौ करोड २७ लाख २९ हजार दुई सय ३२ रुपैयाँ ७१ पैसाको चेक हस्तान्तरण गरेको हो।

बाँदरले हैरान किसान

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका क्षेत्रमा बाँदर आतंक बढेको छ। गाँउपालिकाका बेंसीगाँउ, पोखरे, खाल्ले, ठाटिडाँडा, पुरानागाँउ, जुकेपानी, खाल्पा, थामडाँडा लगायतका ठाँउमा बाँदरको आतंक बढेको हो। बाँदरले खेतबारीका आलु, मकै, धान, गँहु लगायतका बालीनाली अन्नबाली खाएर सखाप पार्ने गरेको पीडित स्थानीयले बताएका छन्। पहिले खेतबारीका बालीनाली मात्र नष्ट गर्ने बाँदर अहिले घरभित्रै पसेर खाद्यान्न खान थालेको स्थानीयको भनाइ छ।

उखु किसानद्वारा कडा आन्दोलनको चेतावनी

२०७३ सालमा खेती गरेको उखुको २०७५ बित्न लाग्दासमेत सरकारी अनुदानबापतकै भुक्तानी नपाएपछि किसान आक्रोशित भएका छन्। गत फागुन ७ गते पूर्व–पश्चिम राजमार्ग चक्काजाम गर्दै गरेको अवस्थामा सात दिनभित्र अनुदान भुक्तानी गरिसक्ने सरकारी पक्षसँग सहमति भए पनि दुई साता बित्दासमेत पैसा उपलब्ध नगराएको भन्दै किसान नेताले तीनदिने अल्टिमेटम दिएका छन्।

गाई होइन प्रविधि भित्र्याऊ

चीनबाट गाई ल्याउने नेपाल सरकारको तयारीको दुग्ध उत्पादक किसानले विरोध गर्दै आएका छन्। किसानले विरोध गरे पनि सरकारले ३२ अर्ब लगानीमा गाई ल्याउने तयारी सुरु गरेको छ।

हिमपातले किसान मर्कामा, चरन क्षेत्रमा भेडा लैजान सकस

हिमपातले ५१ भेडाबाख्रा मरेपछि सिजा गाउँपालिका २ का गोबिचन्द्र तिरुवा निकै चिन्तित् छन। उनले पाटनमा भेडा पाल्दै आएका थिए। गाउँ नजिकैको पाटनमा हिउँ धेरै नपर्ने र घाम लाग्ने बित्तिकै चरन क्षेत्रमा लैजान निकै सहज हुने भएकोले यो पटकको हिउँदमा भेडाबाख्रा गाउँमा ल्याएनन्।

स्याउ किसानलाई फाइदै फाइदा

तातोपानी गाउँपालिकाका दलबहादुर खड्का स्याउ किसान हुन्। उनी गत वर्षहरू भन्दा यो वर्ष निकै उत्साहित छन्। समयमै ठूलो हिमपात भएकोले स्याउ सप्रिनेमा उनी ढुक्क छन्। बगैचामा स्याउमा पालुवा पलाउने समयमा हिमपात भएपछि हामी खुसी भएका छौं।

नेपालको कृषि क्षेत्रमा परनिर्भरता घट्न सकेको छैन - साना किसान सम्मेलन

काठमाडौं, दुई दिन देखि राजधानीमा जारी साना किसान सम्मेलन १४ बुदे घोसणापत्र जारी गर्दै सकिएको छ । साना किसानमा समृद्धि ल्याउने गरी आवश्यक योजना बनाउन सम्मेलन आयोजना गरिएको थियो । साना किसानको समृद्धि, कृषि रुपान्तरण, उद्यमशीलता विकासका लागि आवश्यक योजना तय गर्न र कृषिमा प्रविधिको प्रयोगलाई सम्मेलनले जोड दिएको छ ।

गुठी पीडित किसानलाई न्याय कहिले ?

हेलम्बु गाउँपालिका वडा नं. ७  भञ्ज्याङका हरिप्रसाद चापागाईको पुस्ताले कमाएको गुठी जग्गा ७ वर्षको संघर्षपछि २०५८ सालमा मोही पुर्जा प्राप्त गरे। हरिप्रसादले महाकालेश्वरी महादेवको मन्दिरमा पूजा गर्छन्। हरेक वर्ष जनैपूर्णिमा र ऋषिपञ्चमीमा त्यस मन्दिरमा मेला लाग्छ। त्यसबेला पनि गुठी जग्गा कमाउने लगायत सबैले धुमधामले पूजा गर्छन्। तर, त्यही मन्दिरको नाममा पूजा गर्ने भनेर नै गुठी जमिन राखिएको छ। १५ किसान परिवारले त्यो जग्गा जोतभोग गरेर आफ्नो जीविका धानेका छन्।

भारतीय कुखुरा र अण्डा भित्रँदा किसान मर्कामा

बर्डफ्लू (एभियन इन्फ्लुएन्जा) रोग फैलिएको मुलुकबाट जीवित पक्षी (कुखुरा, हाँसलगायत अन्य चरा जाति), त्यसको मासु, अण्डा र पक्षीजन्य उत्पादन सामग्रीसमेत नेपालभित्र पैठारी गर्न सरकारी प्रतिबन्ध रहँदै आएको छ।

भुक्तानी अनिश्चित हुँदा सस्तोमा उखु बेच्दै किसान

रौतहटका उखु किसानले भुक्तानी पाउने निश्चित नभएपछि धमाधम सस्तोमा उखु बेच्न थालेका छन्। चिनी मिलले उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३८ रुपैयाँँ दिने सहमति भए पनि भुक्तानीप्रति अविश्वास हुँदा सस्तोमा भए पनि नगदी दिइरहेका हुनाले किसान उखु बेच्न बाध्य छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्