७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

काठमाडौंमा तीनदिने किसान अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं– फागुन २६ देखि २८ गतेसम्म काठमाडौंमा खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। १० देशका १५ जना विदेशी पाहुनासहित साढे तीन सयले यसमा भाग लिनेछन्।

५० लाख रुपैयाँभन्दा बढी खर्चेर आयोजना गर्न लागिएको उक्त कार्यक्रममा विभिन्न विज्ञहरूबाट कार्यपत्र प्रस्तुत गर्ने राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताए। 

पछिल्लो समय आयोगले किसानको वर्गीकरणसहित परिचयपत्र तथा योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता कार्यविधि निर्माणदेखि बढ्दो विषादी र रासायनिक मल मल प्रयोगमा न्यूनीकरण गर्दै प्राङ्गारिक खेतीतर्फ लैजान ठोस सुझाव दिने कामसमेत आयोगले गरेको छ। 
 

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App