७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सुत्केरीको मृत्युपछि प्रदेश अस्पतालमा तनाव, १ सय बढी प्रहरी परिचालन

अस्पतालमा सुत्केरीको मृत्युपछि आफन्तहरूले अस्पतालमै प्रदर्शन गर्दै। तस्बिर: गोविन्द केसी

प्रदेश अस्पताल सुर्खेतमा सुत्केरीको मृत्युको विषयलाई लिएर आफन्तहरू आन्दोलित भएका छन्। वीरेन्द्रनगर नगरपालिका –६ बस्ने १८ वर्षीया शर्मिला सुनारको सुत्केरीपछि चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तहरू आन्दोलित भएका हुन्। 

शर्मिलालाई सुत्केरी व्यथा लागेपछि आइतबार प्रदेश अस्पतालमा पुगेकी थिइन्। डाक्टरले सामान्य अवस्था भनिरहेका बेला एक्कासि सोमबार (आज) बिहान ४ बजे मृत्युको खबर दिएको आफन्तहरू बताउँछन्। मृत्युको खबर दिनुअघि अस्पतालबाट प्रहरी बोलाइएको आफन्तहरूको भनाई छ। बिहानै देखि बाक्लो संख्यामा प्रदेश अस्पताल सुर्खेतमा सम्भावित घटना रोक्न प्रहरी परिचालन गरिएको छ। सुत्केरीका आफन्तहरूले अप्रेसनमा सहभागी डाक्टरहरूलाई कारबाहीको माग गरेर आन्दोलन गरेका छन्। अहिले अस्पताल प्रशासन र पीडितहरू छलफल गरेका छन्। 

अस्पताल भर्ना गरेपछि बच्चा नचलेको र राती मृत बच्चा जन्मेको अस्पताल प्रशासनले जनाएको छ। ‘सुत्केरीमा ज्वरो आइरहेको थियो र सुत्केरी भएपछि रक्तस्राव बढी भयो।’ प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले भने, सुत्केरी रक्तस्रावपछि बेहोस हुनु भो त्यसपछि आइसियुमा राखेर उपचार गरिरहेको बेला बिहान मृत्यु भएको थियो।’

सुत्केरीका आफन्तबाट अप्रिय घटना नहोस् भनेर बिहान ४ बजेदेखि डिएसपीको नेतृत्वमा प्रदेश अस्पतालमा १ सयभन्दा बढी प्रहरी परिचालन गरिएको सुर्खेत प्रहरीले जनाएको छ। पीडितहरू अस्पतालमा आएको र सम्भावित घटना नहोस् भनेर डिएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको सुर्खेतका प्रहरी प्रमुख एसपी) रुपेश खड्काले बताए। 

प्रकाशित: ७ आश्विन २०८१ १२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App