७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सहकारी ठगी प्रकरण: पोखरामा रवि समर्थक र सहकारी पीडित सडकमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ता र सूर्यदर्शन सहकारीका पीडितहरूले पोखरामा प्रदर्शन गरेका छन्।

सहकारी बचतकर्ताको रकम हिनामिनामा सभापति रवि लामिछानेसमेत पक्राउ पर्ने चर्चापछि रास्वपा कार्यकर्ताले प्रदर्शन सुरु गरेका हुन्।

उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि शहिदचोकमा प्रदर्शन गर्दै रवि निर्दोष रहेकाले पक्राउ गर्न नहुने तर्क गरेका छन्।  

आफूहरुको माग सम्बोधन गर्दै न्याय दिलाउनुको साटो रास्वपा कार्यकर्ताहरु उल्टै सडकमा उत्रिएपछि विरोधमा प्रदर्शन गरेको पीडितहरुको भनाइ छ। संङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले आफूहरुले न्याय मागेको बताउँदै न्यायको विरुद्ध प्रदर्शन भएपछि बचाउका लागि सडकमा आएको उल्लेख गरे। पीडितहरुले रवि लामिछानेलाई पक्राउ गर्न माग पनि गरेका छन्।

रास्वपा गण्डकीका सभापति राजन गौतमले सरकारको रणनीतिविरुद्ध आन्दोलनमा उत्रिएको स्पष्ट पार्दै सहकारी पीडितलाई दुःख दिने पक्षमा आफूहरु नभएको बताए। उनीहरुले न्याय पाउनु पर्छ भन्ने पक्षमा रास्वपा रहेको गौतमको भनाइ छ।

प्रकाशित: ७ आश्विन २०८१ १३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App