एन्फा महिला लिग फुटबलमा चन्द्रपुर नगरपालिका र कोसी प्रदेसबीचको खेल बराबरीमा सकिएको छ ।
सातदोवाटोस्थीत एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार सम्पन्न खेलमा दुवै टोलीबाट एक एक गोल भइ खेल बराबरीमा सकिएको हो ।
चन्द्रपुरका लागि सुनिता सुनारले ५१ औं मिनेटमा गोल गरेर अग्रता लिए पनि ८० औं मिनेटमा कोसी प्रदेसकी ममता राउत गोल गरेपछि खेल बराबरीमा सकिएको हो।
८ खेल सकिदा सम्म कोसी प्रदेश ११ अंकका साथ पाँचौ स्थानमा रहेको छ भने चन्द्रपुर ८ खेलबाट ८ अंकका साथ सातौ स्थानमा रहेको छ ।
प्रकाशित: ७ आश्विन २०८१ १४:४४ सोमबार