७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

छविलाललाई थप ५ दिन हिरासतमा राख्न अनुमती

सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक छविलाल जोशीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

आइतबार काठमाडौंबाट पक्राउ गरेर सोहि दिन साँझ पोखरा ल्याइएका उनलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो। जोशीलाई जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की प्रहरीले जनाएको छ।

अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले जानकारी दिए।

सरकारले बनाएको सहकारी छानविन समितिले सहकारीको रकम अपचलन गरेको भन्दै सो सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबहादुर राई (जिवी), छविलाल जोशी, रवि लामिछानेसहितलाई कारबाही गर्न सिफारिस गरेको थियो।

प्रकाशित: ७ आश्विन २०८१ १६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App