७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

माधव नेपालले किने महावीर पुनको पुस्तक

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैज्ञानिक 
महावीर पुनको पुस्तक किनेका छन्।

पुन आफ्नो आत्मकथा लेखिएको पुस्तक बिक्रीका लागि रौतहट आइपुगेका थियो। सोही अवसरमा पुनको अभियानलाई साथ दिन अध्यक्ष नेपालले  ३१० थान पुस्तक किनेका हुन्। 

पुस्तक बेचेर वीरगन्जमा कृषि औजार कारखाना संचालन गर्ने अभियानमा रहेका वैज्ञानिक पुनको अभियानमा सहयोग गर्न आफूले पुस्तक किनेको पूर्व प्रम नेपालले जनाएका छन्।

पुस्तक खरिद समारोहमा नेकपा एसका उपमहासचिव रामकुमार भट्टराई, वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोदप्रसाद कुर्मी, दीपक गौतम, कमल यादवलगायतका नेताहरूको उपस्थिति थियो।

सोही अवसरमा पूर्व प्रम नेपालले पुनलाई 'नेपालको कम्युनिस्ट आन्दोलनमा माधवकुमार नेपाल' नामक पुस्तक निःशुल्क उपहार दिए।

महावीर पुन आफ्नो पुस्तक बेचेर कृषि औजार कारखाना स्थापना गर्ने अभियानका लागि तीन दिन रौतहट आएका हुन्। आइतबार र सोमबार चन्द्रनिगाहपुरमा कार्यक्रम गरी, मंगलबार बिहान गरुडामा पुग्ने कार्यक्रम छ।

प्रकाशित: ७ आश्विन २०८१ १८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App