पर्यटक तान्दै पाटेनागी–कुइभिर
इलाम नगरपालिकाकै अग्लो डाँडो पाटेनागी र नजिकै रहेको कुइभिरले पर्यटक आकर्षित गर्दैछन्। कच्ची सडकसमेत पुगेपछि यहाँ दिनहुँ घुम्न आउनेको संख्या बढिरहेको छ।
इलाम नगरपालिकाकै अग्लो डाँडो पाटेनागी र नजिकै रहेको कुइभिरले पर्यटक आकर्षित गर्दैछन्। कच्ची सडकसमेत पुगेपछि यहाँ दिनहुँ घुम्न आउनेको संख्या बढिरहेको छ।
कोरोना भाइरस संक्रमणले एकवर्ष भन्दा बढि समयदेखि थलिएको पर्यटन क्षेत्र जसोतसो ब्यूँतिन मात्र खोजेको के थियो, कोरोनाको दोश्रो लहरको भुंग्रोमा परिहाल्यो । कोरोनाको दोश्रो लहरले सबैतिर हालयकालय बनाइरहँदा पर्यटन क्षेत्र छोटो अवधिमै ठप्प हुन पुगेको छ ।
विश्वव्यापी फैलिएको कोभिड–१९ पछि रसुवाको पर्यटकीय क्षेत्रहरूमा पर्यटकको आगमन निकै कम भएको छ। वार्षिक २० हजारभन्दा बढीको संख्यामा पर्यटक आउने गरेकोमा कोभिड–१९ पछि थोरै मात्र पर्यटक आएका छन्। लाङटाङ राष्ट्रिय निकुञ्जका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा करिब ३ हजार पर्यटक मात्र जिल्ला भित्रिएका छन्।
गत वर्ष भने कोभिड महामारीका कारण बन्दीपुर सुनसान रहेकामा बन्दाबन्दी हटेसँगै विस्तारै पर्यटकको आगमन वृद्धि हुन थालेको बन्दीपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष वैश गुरुङले बताए।
पर्यटकीय क्षेत्र रसुवामा १५ महिनापछि विदेशी पर्यटकको आगमन सुरु भएको छ। विश्वव्यापी फैलिएको कोभिड–१९ का कारण २०७६ पुसदेखि विदेशी पर्यटकको आगमन शून्यमा झरेको थियो।
प्रधानमन्त्री केपी ओलीले पानीजहाज चलाएर सस्तो यातायातको व्यवस्था गर्ने घोषणा गरे। तर पानीजहाज सञ्चालनका लागि हालसम्म देशका कुनै नदीमा सम्भाव्यता अध्ययन भएको छैन। न डिपिआर तयार भएको छ न सरकारले पानीजहाजका लागि पूर्वाधार नै बनाएको छ।
सप्तकोसीमा सञ्चालित स्टिमर(मोटरबोट) आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ। शनिबार र विदाका दिनमा यहाँ स्टिमर चढेर रमाउन आउने पर्यटकको लर्को नै लाग्ने गरेको छ।
हवाई टिकटको झन्झट र बढी मूल्य पर्दा नेपाल आउन हच्किएका भारतीय पर्यटकलाई आउजाउमा सहज हुनेगरि पर्यटन बोर्डले नयाँ रणनीति तय गर्दैछ । बोर्डका अनुसार यतिबेला नेपाल आउन चाहेका ती पर्यटकलाई आन्तरिक उडानमार्फत नेपालसँगको बोर्डर नजिकका भारतीय विमानस्थलसम्म आउने र त्यहाँबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गराएर उनीहरुलाई गन्तव्यमा पठाउने योजना अघि बढाएको छ ।
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमस्थित विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको दिगो विकासका लागि आफू प्रतिबद्ध रहेको बताएाक छन्।
कोरोना भाइरस त्रासका बीचपनि यो मार्चमा नेपालमा १४ हजार ९ सय ७७ जना विदेशी पर्यटक भित्रिएका छन् । अघिल्ला वर्षको तुलनामा यो संख्या निकै नै कम देखिएपनि विश्वव्यापी महामारीका बाबजुत पनि विदेशी पर्यटकको आगमन हरेक महिना थपिँदै जानु सुखद संकेतको रुपमा रहेको पर्यटन क्षेत्रका जानकारको भनाई छ ।
तुवाँलोका कारण पर्यटकीय क्षेत्र पोखराको दैनिकी नै अस्तव्यस्त बनेको छ । पोखरा आसपासका डाँडाकाँडा ढाकिएका छन् भने चारदिनदेखि पोखरा सहर हवाई सम्पर्कबाट बिच्छेद भएको छ । अस्पतालमा बिरामी बढेको चिकित्सकले बताएका छन् ।
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ। दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो।
धार्मिक हिसाबले भालेश्वर, मातातीर्थ, मच्छेनारायण, विष्णुदेवी मन्दिरलगायत महत्वपूर्ण धार्मिक स्थल यसै क्षेत्रमा पर्दछन् । यहाँका धार्मिकस्थलबारे विभिन्न किंवदन्ती र स्वस्थानी व्रतकथामा पनि उल्लेख छ । राजनीतिक हिसाबले पनि नेपालको हरेक परिवर्तनमा यो क्षेत्र र यहाँका मान्छेले उत्तिकै योगदान दिएका छन् ।
केही दिनअघि पश्चिमाञ्चल होटल संघ पश्चिम नेपालका ठूला सहरमा ‘जाउँ है पोखरा’ अभियान लिएर पुग्यो। नेपालगन्ज, धनगढी, महेन्द्रनगर र बर्दियामा अभियान चलाउँदै आन्तरिक पर्यटकलाई पोखरा बोलाउने खास उद्देश्य संघको थियो। त्यो अभियानका क्रममा आन्तरिक पर्यटक प्रवद्र्धनको भन्दा पनि बढी भारतीय पर्यटक नेपाल आउन नपाएको विषयमा चर्चा भयो।
विदेशी र घरेलु पर्यटकको प्रमुख गन्तव्य राजधानीको ठमेल क्षेत्र अझै चलायमान हुन सकेको छैन। बाह्य र आन्तरिक पर्यटकको बाक्लो आउजाउ हुने ठमेलको पर्यटन तथा व्यापार, व्यवसाय कोभिड १९ ले लथालिंग अवस्थामा पुगेको थियो। ठमेल आउने पर्यटकमा ८० प्रतिशत बाह्य र बाँकी घरेलु हुने बताइन्छ।