३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

किशोरी मृत्यु प्रकरणः होटलमा सँगै बसेका पूर्वप्रेमी प्रहरी नियन्त्रणमा

बुटवल गोलपार्कमा रहेको पाल्पाली होटलको एक कोठामा असार २५ गते बुटवल २ की समीक्षा गुरुङ झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। अनुसन्धानका क्रममा प्रहरीले होटलमा उनीसँगै बसेका पूर्वप्रेमी बुटवल ३ का असीम श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। २० वर्षीय श्रेष्ठ समिक्षाका पूर्वप्रेमी रहेको र उनीहरु एक रात सो होटलमा सँगै बसेको अनुसन्धानबाट खुलेको छ।

बिमल मृत्यु प्रकरण: सत्यतथ्य तत्काल सार्वजनिक गर्न प्रशासनलाई दबाव

‘के प्रहरीबाट बिमलको हत्यारा पत्ता नलाग्ने हो त?’ संयुक्त प्रेश विज्ञप्तिमा जनवर्गीय संगठनहरुले प्रशासनलाई प्रतिप्रश्न गरेका छन्। दुई महिना बित्दा समेत घटनाको वास्तवकिता पत्ता नलाग्नुले घटनाको सुक्ष्म अनुसन्धानमा प्रशासन गम्भीर नभएको पुष्टि हुने प्रेस विज्ञप्तिमा दाबी गरिएको छ।

हरिजन मृत्यु प्रकरणमा कारागारदेखि अदालत असंवेदशील: प्रतिवेदन

मानवअधिकारवादीले गरेको अध्ययन प्रतिवेदनले सुन्दर हरिजनको मुद्दामा अपराध अनुसन्धान गर्ने निकाय, अभियोजनकर्ता, प्रतिरक्षी कानुन व्यवसायी र अदालत नाबालक जोडिएको विषयमा बाल न्यायप्रति संवेदनशील नभएको निष्कर्ष निकालेको छ।

रञ्चुला साउद मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता

बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता भएको छ।

गैंडाको मृत्यु प्रकरणः व्यवसायीलाई कारबाहीबारे महासंघको आपत्ति

इन्डो–सगुन जेभी निर्माण कम्पनीबाट नाली निर्माणको क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियमविपरीत हुने कुनै पनि काम कारबाही नभएको र निर्माण सम्झौताबमोजिम नै निर्माण कम्पनीले अनुसरण गर्नुपर्ने सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइएको महासंघले जनाएको छ।

बालिका मृत्यु प्रकरणः स्थानीय प्रशासन र परिवारबीच सहमति

उपचारका क्रममा बालिकाको मृत्यु भएपछि तनावग्रस्त बनेको पाँचथर अस्पतालको समस्या समाधानका लागि चार बुँदे सहमति भएको छ।

पाँच मजदुर मृत्यु प्रकरणः ‘सेफ ल्याण्डिङ्ग’ गराइँदै

वीरगन्ज महानगरपालिका–२८ मनियारीस्थित सर्वोत्तम स्टील लिमिटेडमा १५ जना घाइते गरी भएको भट्टी विस्फोटको घटनाको चपेटामा परेका मजदुरमध्ये ५ जनाको ज्यानसमेत गइसक्दा प्रहरी अनुसन्धन र प्रशासनको चाँसो रहस्यमय ढँगले सेलाएको छ।

सुजिता मृत्यु प्रकरण: एक जना पक्राउ

पूर्वी चितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सुजिता भण्डारी मृत्यु प्रकरणः पूर्वी चितवनमा बुधबार बेलुकासम्म कर्फ्यू जारी

पूर्वी चितवनमा बुधबार बेलुकीसम्मका लागि कर्फ्यू जारी गरिएको छ। सुजिता भण्डारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पूर्वी चितवनमा गरिएको प्रदर्शन उग्र बनेपछि कर्फ्यू लगाइएको हो।

सुजिता भण्डारी मृत्यु प्रकरणः कांग्रेसद्वारा दोषीलाई कानूनी कठघरामा उभ्याउन माग

नेपाली कांग्रेसले पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढङ्गले भएको मृत्युले गम्भीर आशङ्का जन्माएको जनाएको छ।

शिक्षक मृत्यु प्रकरणः एक हप्तादेखि शव अस्पतालमै

डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्ता हुँदासम्म पनि आफन्तले बुझ्न मानेका छैनन्।

सुत्केरी मृत्यु प्रकरणः अस्पतालको लापर्बाहीले ज्यान गएको आफन्तको दाबी

सुत्केरी व्यथा लागेर बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी गुल्मीकी एक महिलाको अस्पतालको लापर्बाहीका कारण मृत्यु भएको दाबी आफन्तले गरेका छन्।

अदालतले धरौटीमा रिहा गरेपछि प्रदर्शन

कैलालीको सुख्खडस्थित कैलाली एफएममा कार्यरत सञ्चारकर्मी २२ वर्षीया निर्मला पहराईका आफन्त तथा विभिन्न दलित संघसंगठनले न्यायको माग राखेर शुक्रबार कैलालीको सुख्खडमा प्रदर्शन गरेका छन्। आर्थिक चलखेलमा दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

प्रहरी जवान मृत्यु प्रकरण : इन्चार्जसहित चार जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन आदेश

पूर्वी सुर्खेतको देउली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्काको हत्या आरोपमा उनका सहकर्मीलाई कर्तव्य ज्यानमा मुद्दा चलाउन जिल्ला सरकारी वकील कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आदेश दिएको छ ।

सदा मृत्यु प्रकरण : न्याय माग्दै दलित समुदायको प्रदर्शन, प्रहरीद्धारा अश्रुग्यास प्रहार

राजु सदा, शम्भु सदा लगायतका मृत्युको घटनामा संलग्न दोषीलाई कारवाहीको माग गर्दै प्रदेश भरका दलित समुदायले जनकपुरमा प्रदर्शन गरेका छन्। ईलाका प्रहरी कार्यालय सबैलाको हिरासत कक्षभित्रै झुण्डिएको अवस्थामा फेला परेका सम्भुको हत्या भएको र कोभिड अस्पताल जनकपुरको आइसोलेसन कक्षमा उपचार नपाएर राजुको मृत्यु भएको भन्दै उनीहरूले न्यायको माग गर्दै घटनामा संलग्न दोषीलाई कडा कारवाहीको माग गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्