२७ पुस २०८१ शनिबार
image/svg+xml

प्रदेशको बजेट पनि सडकमै

खोटाङ (क) र (ख) प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रमको अढाई–अढाई करोड बजेटको अधिकांश अंश सडक निर्माण र स्तरोन्नति शीर्षकमा छुट्याइएको पाइएको छ। अढाई करोड बजेट खोटाङ (क) का १६ वटा योजनाका लागि विनियोजन गरिएकामा त्यसमध्ये नौवटा योजना सडक निर्माण तथा मर्मत सम्बन्धी रहेको खोटाङ (क) का प्रदेशसभा सदस्य राजन राईले बताए।

भैरहवा–लुम्बिनी सडक चैतसम्म सम्पन्न भइसक्छ : मन्त्री नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वशन्त कुमार नेम्वाङले ठेक्का हात पार्ने तर काम नगर्ने प्रवृतिको अन्त्य गरीने बताएका छन्। प्रेस संगठन नेपाल रुपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले आयोजना होल्ड गर्ने तर काम नगर्ने प्रवित्तिकै कारण महत्पूर्ण आयोजनाहरु अलपत्र परेको भन्दै काम नगर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउने बताए। ‘पुल र बाटोका रुग्ण आयोजनालाई हामीले गम्भिर रुपमा लिएका छौं।

जोरपाटी–सुन्दरीजल सडकखण्ड विस्तार सुरु

वर्षाैंदेखि हिलाम्मे, धुलाम्मे जोरपाटी–सुन्दरीजल सडकखण्ड मर्मत तथा विस्तार कार्य अगाडि बढाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गोकर्णेश्वर नगरपालिकालाई सडक विस्तारको जिम्मा दिएसँगै जोरपाटी–सुन्दरीजल सडकक्षेत्रमा पर्ने घरटहरा र रुख हटाउन सुरु गरिएको छ।

सडक दुर्घटनामा शिशुसहित दुईको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्तीसोनारी गाउँपालिका–२ जिरो पोइन्टमा भएको सडक दुर्घटनामा एक शिशुसहित दुई जनाको मृत्यु भएको छ।

युवा व्यवसायी केसीले आफ्ने खर्चमा सडक बनाईदिए पछि...

नेपाल भारतको सीमावर्तीमा पर्ने खाता र भगतपुर गाउँ। खाता हुलाकि सडकसँग जोडिएको छ भने भगतपुर गाउँ भारतको जंगल नजिक पर्छ। सडक नहुँदा बर्खाको समयमा दुई गाउँ सम्बन्ध टुट्न पुग्थ्यो।

जोरपाटी–सुन्दरीजल सडक विस्तार सुरु

करिब सात किमि सडक ५४ करोड रुपैयाँको लागतमा विस्तार गरी कालोपत्र गर्न ठेक्का सम्झौता भएको हो। दुई खण्डमा ठेक्का सम्झौता भएकामा दुवैतिरका काम अलपत्र छ।

गाउँ जोड्न करोडका सडक

सडकसँग सदरमुकाम जोडिन २२ वर्ष कुर्नु पर्‍यो । २०५२ सालमा शिलान्यास गरिएको सडक २०७३ सालपछि मात्र मार्तडी पुग्यो र २०७५ पछि मात्र कालोपत्रेको काम सम्पन्न भयो । सदरमुकाम पुग्न समय लागेपनि गाउँमा भने दु्रत गतिमा सडक जोडिने संकेत देखिएको छ ।

भारतको मध्य प्रदेशमा सडक दुर्घटना, नौको मृत्यु

भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २० घाइते भएका प्रहरीले जनाएको छ।

निकोसेरा सडकको अस्थायी मर्मत सुरु

मध्यपुर थिमि–९ मा स्थित निकोसेरा सडकखण्डको अस्थायी मर्मत सुरु गरिएको छ। स्थानीयले सडक मर्मतको माग राखी विरोध गरेपछि मध्यपुर थिमी नगरपालिकाले सडकको अस्थायी मर्मत सुरु गरिएको हो।

निकोसेरा सडक मर्मत माग्दै स्थानीयद्वारा सवारी आवागमनमा रोक

मध्यपुर थिमिका स्थानीयले निकोसेरा सडकखण्ड यथाशीघ्र मर्मत गर्नु पर्ने माग गर्दै मंगलबार सवारी आवागमनमा रोक लगाएका छन्।

सबै पर्यटकीय स्थलमा १० बर्षभित्र यातायात सुविधा

जनघनत्व बढी भएका र प्रदेशका सबै पर्यटकीय स्थलसम्म १० वर्षभित्र सडक सुविधा पु-याउने महत्वाकांक्षी लक्ष्य गुरुयोजनामा समेटिएको छ।

दुई वर्षदेखि बेहाल निकोसेरा सडकः स्थानीयले गरे सवारी आवतजावतमा रोक

भक्तपुरको मध्यपुर थिमि निकोसेराबासीहरुले दुई वर्षदेखि बेहाल निकोसेरा सडकखण्ड यथाशिघ्र मर्मत गरिदिन माग गर्दै सवारी आवागमनमा रोक लगाएका छन्।

कडा सवारी कानुन

सडक भन्ने शब्दले नै स्पष्ट पार्छ कि यो सबैको साझा हो। र, हुनु पनि पर्छ। तर नेपालका सडकमा भने पछिल्ला दिनहरूमा सवारी साधनवालाको हैकम चल्दै आएको छ। मानौँ, सडक उनीहरूका लागिमात्र बनेको हो। अनि उनीहरू गुडेपछि वा अघि बढेपछि ठाउँ बाँकी रहेमात्र त्यो यात्रुका लागि हो।

सडक बालबालिकाको सहयोगार्थ दौड प्रतियोगीता

आमा घरमा रहेका सडक बालबालिकाको सहयोगार्थ शनिबार वीरेन्द्रनगरको पर्यटकीयस्थल कांक्रेविहारमा दौड प्रतियोगीता गरिएको छ । ‘रन फर कज’ नाम दिइएको प्रतियोगीतामा कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढासहितको सहभागिता रहेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्