डोजरले सात दिन लगाएर हिउँ पन्छायो, दुई साता पछि नाग्म सडक सूचारु
भारी हिमपातका कारण दुई सातादेखि बन्द नाग्म गमगडी सडक सूचारु भएको छ। गत मंसिर २६ गते परेको हिउँ २ फिटसम्म जमेपछि सडक अवरुद्द बनेको थियो।
भारी हिमपातका कारण दुई सातादेखि बन्द नाग्म गमगडी सडक सूचारु भएको छ। गत मंसिर २६ गते परेको हिउँ २ फिटसम्म जमेपछि सडक अवरुद्द बनेको थियो।
विदुर नगरपालिका–६ स्थित मुलथलामा मिनीट्रक दुर्घटना हुँदा आइतबार दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मुन्थला चैनपुर सडक खण्डमा काम गर्ने कामदार रहेका छन्।
बेसाहरा, अभिभावकविहीन भएर सडकमा आश्रित जीवन बाँच्न नपर्ने प्रतिवद्धतासहित बुटवललाई सडक आश्रित मानवमुक्त सहरका रुपमा घोषणा गरिएको छ। ‘सबैका लागि ‘खाना, नाना र छाना हाम्रो घोषणा’ भन्ने अभियानसहित बुटवल उपमहानगरपालिकालाई शनिबार बिशेष समारोहका बिच सडक आश्रित मानवमुक्त सहर घोषणा गरिएको हो।
चरिकोट–खाडीचौर सडकमा ढिलाई गर्ने ठेकेदार कम्पनीले दुई तर्फी काम सुरु गरेर पुस महिना भित्र ग्राभेल बिच्छ्याउने सहमती भएपनि चरिकोटबाट एक तर्फी मात्र आशिंक काम सुरु गरेको छ।
क्षमता,र उपकरण भएको ठहर गरी ठेक्का सम्झौता गरिएको निर्माण कम्पनीलाई अहिले वस्तुगत आधार पेस गर्न भन्नुमा आशंका उत्पन्न भएको छ।
काठमाडौं महानगरपालिकाले ‘सडक मानवमुक्त’ बनाउने घोषणा गरेसँगै अहिले यहाँका पर्यटक स्थाल तथा धार्मिक क्षेत्रमा मगन्ते हटाउन सुरु सञ्चालन भएको छ।
नेपाल भ्रमण वर्ष २०२० र अंग्रेजी नयाँ वर्षको पूर्व सन्धयामा बुद्ध जन्मस्थल लुम्बिनीमा छैठौं लुम्बिनी सडक खाना महोत्सव २०७६ हुने भएको छ।
आपूर्तिकर्ताहरुले आफूखुशी अण्डाको मूल्य तय गरेको भन्दै अण्डा उत्पादक सङ्घले आज भरतपुरको चौबिसकोठीमा अण्डा फोरेर प्रदर्शन गरेका छन्। अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कम मूल्य राखी आपूर्तिकर्ताहरुले खरिद गर्ने गरेको र बिक्री गर्दा महँगोमा गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।
अहिलेकै गतिमा निर्माण कार्य अघि बढे चालु आर्थिक वर्षभित्रै ताप्लेजुङ सदरमुकाम फुङ्लिङ र तिब्बतबीच सडक सम्पर्क स्थापित हुनेछ। तीव्र रुपमा भइरहेको कामले यस्तो आशा जगाएको हो।
एउटा हवाईजहाज दुर्घटना हुँदा अति नै चासो दिने सरकारी निकायले दिनहुँ औषत सातजनाको मृत्यु हुनेगरी हुने सडक दुर्घटनालाई खेलाँची ठान्दा अवस्था भयावह बन्दै गएको छ।
सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजन इन्जिनियर घुस लिँदालिँदै समातिएका छन्।
नेपालमा प्रत्येक दिन सातजनाको मृत्यु सडक दुर्घटनाका कारणले हुने गरेको छ। यस हिसाबले बर्सेनि २५ सयभन्दा बढी मानिसको मृत्यु हुन्छ। यही हिसाबले एक दशकमा २० हजारभन्दा बढी मानिसको मृत्यु हुनुलाई स्वाभाविक मान्न सकिँदैन। सडक दुर्घटनाका कारण पहिचान गर्दै यसलाई सुरक्षित तुल्याउन रणनीतिक तयारी गर्नुपर्ने अवस्था आइसकेको छ।
कंलकी–चाबहिल सडक निर्माणको अहिलेसम्म डिजाइन पनि तयार भएको छैन। कुन मोडाप्लिटीमा निर्माण हुने भन्ने पनि टुंगो लागेको छैन। ढल तथा अन्य बाँकी कामले गति लिएको छैन।
मुलपानी–तेलपानी हुँदै बर्दियाको भुरिगाउँ जोड्ने सडकखण्डको रानीघाटस्थित भेरी नदीमा पुल निर्माण जिम्मा लिएको पप्पु/मल्ल जेभी निर्माण सेवाले सडक डिभिजन कार्यालय सुर्खेत र नेपाल बंगलादेश बैंकको नेपालगन्ज शाखालाई विपक्षी बनाई उच्च अदालत सुर्खेतमा दायर गरेको रिट खारेज भएको छ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९ निकोसेरास्थित बिग्रेको निकोसेरा सडक खण्ड बनेको छ। मध्यपुर थिमि नगरपालिकाले स्थानीय युवाहरुको सहयोगमा सडकमा ग्राभेल गरि अस्थायी मर्मत सुधार गरेको हो।