२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गर्‍यो: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताएका छन्।

मैले गरेको काम देउवाले उद्घाटन गर्दा हाँसो लाग्छ: ओली

एमालेले गरेको कामको वर्तमान सरकारले पछ्याइरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

एमाले अध्यक्ष ओली चुनावी दौडधुपमा

उनका अनुसार मधेसमा आफ्नो प्रभाव देखाउन र सन्तुलन कायम गर्न पनि पटकपटक एमाले अध्यक्ष मधेसका कार्यक्रममा सहभागी भएका हुन्। एमाले अध्यक्ष ओलीले मधेसमा क्रियाशील दलका नेता कार्यकर्तालाई पार्टीमा ल्याउन पार्टीको सम्पूर्ण शक्ति खर्च गरिरहेका छन्। सत्तारुढ दलहरूले एमालेविरुद्ध गठबन्धन गरिरहँदा मधेसमै क्रियाशील रहेका दलसँग सहकार्य वा पार्टीमा ल्याउने काममा लागेका छन्।

१४ सांसदविरुद्ध ओलीले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ हुँदै

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आजदेखि सुनुवाइ हुँदैछ।

एमाले र राप्रपाबीच चुनावी तालमेल केन्द्रित छलफल

नजिकिँदै गरेको स्थानीय तहको चुनावसँगै त्यसभन्दा पछाडि हुने संघ र प्रदेशको चुनावका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाबीच छलफल भएको छ।

निहुँरिएर लडाई गर्नुपर्छ: केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै चुनावमा लडने आँट नेपालमा कुनै पनि पार्टीको नरहेको बताएका छन्।

ओली र दाहाल मात्र प्राथमिकतामा

चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणका क्रममा राजनीतिक भेटघाटका निम्ति दुईवटा कम्युनिस्ट पार्टीका दुई नेतालाई मात्र प्राथमिकतामा राखिएको छ।

ओली–नेपाल भनावैरी ठाकुर–यादव शान्त

एमालेबाट अलग भएर अलगै पार्टी बनाएका माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भनाबैरी र आरोपप्रत्यारोप भइरहेको छ भने जनता समाजवादी पार्टी (जसपा) बाट अलग्गिएका महन्थ ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादव भने शान्त देखिएका छन्। एमालेबाट नेपाल र जसपाबाट ठाकुर एकैदिन अलग भएका थिए।

ओलीका अपराधलाई जनतासमक्ष लैजान्छु: नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका साइबर सेनाहरुले झुटो प्रचार गर्दा आफ्नो र पार्टीका नेताहरुको निन्द्रा खराब भएको बताएका छन्।

मधेसको समृद्धिका लागि एमाले प्रतिबद्धः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसको विकास र समृद्धिका लागि वास्तविकरूपमा काम गर्ने पार्टी एमाले मात्र भएको बताएका छन्।

निर्वाचन आयोगका निर्णय पूर्वाग्रही भएको अध्यक्ष ओलीको आरोप

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपूर्व जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णय पूर्वाग्रही भएको आरोप लगाएका छन्।

‘एमाले एक्लै चुनाव लड्छ’

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट चुनाव जितेर पार्टी छाडेका नेताले जनप्रतिनिधिको पद त्याग गर्नुपर्ने बताएका छन्। एमालेले चुनाव जिताइदिए पनि पार्टी त्यागेका जनप्रतिनिधि ‘लाजैबिना’ पदमा टाँसिइरहेको टिप्पणी उनको छ।

सरकारमा हुँदा सबैका पक्षमा काम गरेका छौँ: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी स्थानमा जित्ने गरी अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

अहिलेको सरकार जरा बिनाको मुला हो: केपी ओली

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन्।

जंगे प्रचण्ड र माधव अहिले बुंगे भएः ओली

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसलाले नेपालमा गोरु ब्याएको टिप्पणी गरे। ‘पहिले पहिले गोरु ब्याउँदैन भनिन्थ्यो, तर सर्वोच्चको फैसलापछि नेपालमा गोरु ब्याउँदैन होईन, पाँच–पाँच वटा बाच्छा पायो,उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्