७ आश्विन २०८१ सोमबार
image/svg+xml

रणभूमि बन्यो मुख्य निर्वाचन अधिकृतको कार्यालय

मनोनयन दर्ताको क्रममा झण्डै एक घण्टा माओवादी–माओवादी नै भिडे। निर्वाचन अधिकृतको कार्यालय रहेको चौतारा साँगाचोकगढी नगपालिका भवनको झ्याल ढोकाका अधिकांश सिसा फुटाइएका छन्। उनीहरुले भवनमा ढुंगा बर्साएका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो।

बैतडीमा दलहरुले गरे उम्मेदवारी दर्ता

बैतडीमा मुख्य राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन्। स्थानीय तहको निर्वाचनको लागि सत्तासाझेदार दलबीच र एमालेले राप्रपासँग केही स्थानीय तहमा गठबन्धन गरेका छन्।

भागबण्डामा कर्णालीका कुन दलले कति पालिका पाए?

कर्णालीमा सत्तारुढ गठबन्धन ७९ स्थानीय तहमध्ये ६४ स्थानीय तहमा सहमति गरेको छ। सुर्खेतका ९ र रुकुम (पश्चिम) ६ स्थानीय तह बाहेक सबैमा भागबण्डा गरेको हो।

उम्मेदवार मनोनयनः ग्रामिण क्षेत्रका स्थानीय तहमा उत्साह

उम्मेदवार मनोनयनको दोस्रो दिन ग्रामिण क्षेत्रमा उत्साह देखिएको छ। ग्रामिण क्षेत्रका स्थानीय तहमा उम्मेदवारी मनोनयनको दोस्रो दिन गाउँ क्षेत्रका स्थानीय तहमा उत्साहजन सहभागिताका साथ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

स्थानीय तहमा उम्मेदवारी: गठबन्धनबीच बनेन बलियो तालमेल

जिल्लाका सबै स्थानीय तहहरुमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर जाने निर्णय गरेको भएपनि गठबन्धनको तालमेल फितलो देखिएको छ। सोमबार उम्मेदवारी दर्ताका क्रममा गठबन्धनमा आवद्ध सबै दलहरु एक भएर सामुहिक रुपमा उम्मेदवारी दिन सकेनन्।

माओवादीले किन बनाएन केन्द्रीय घोषणापत्र?

माओवादीले सबै वडाका केन्द्रसम्म सबै मौसममा यातायात चल्नसक्ने सडकको निर्माण गर्ने, सबै वडामा विद्युतीकरणको व्यवस्था मिलाउने तथा सञ्चार सुविधाको विस्तार गर्ने विषयलाई केन्द्रमा राखेको छ।

नेपाली कांग्रेसको प्रतिबद्धता असल शासन र जवाफदेहिता

नेपाली कांग्रेसले असल शासनका मुलभूत तत्व नीति, संरचना, प्रक्रिया र संयन्त्रलाई समन्वय गरी लागू गर्ने प्रतिबद्धता जनाएको छ।

देशभर उम्मेदवार मनोनयन दर्ता सुरु, उम्मेदवार छान्दै दलहरु

निर्वाचन आयोगले वैशाख ११ र १२ गतेलाई स्थानीय तहका उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने दिन तोकको छ। आज (आइतबार)बाट देशभर मनोनयन दर्ता सुरु भएको छ।

ठूला दलले दाङका दुवै उपमहानगरपालिकामा उम्मेदवार टुङ्ग्याए

घोराही उपमहानगरपालिकामा सत्तासाझेदारदलबाट माओवादी केन्द्रका हेमराज शर्मा नगरप्रमुखमा र उपप्रमुखमा कांग्रेसका भूपबहादुर डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस जिल्ला सभापति शङ्कर डाँगीले जानकारी दिए। एमालेले हालका नगरप्रमुख नरुलाल चौधरीलाई दोहोर्‍याएको छ भने उपप्रमुखमा हुमा डिसीलाई उम्मेदवार बनाएको छ।

धवलागिरिमा कांग्रेस–माओवादी तालमेल

माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य किरन थापाले वडा सदस्यमा पनि साझा उम्मेदवार बनाउने सहमति भएको जानकारी दिए।

स्थानीय तह निर्वाचनः सुनसान रोल्पा

राजनैतिक दलहरू जनताप्रति उत्तरदायी नभएका कारण ५ वर्षमा हुन थालेको स्थानीय तह निर्वाचन सुनसान छ।

गृहमन्त्री खाणद्वारा निर्वाचन सुरक्षाबारे जानकारी

गृहमन्त्री खाणले आज नेपाली प्रहरीका निर्वाचन हेर्ने प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा तथा सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमसँग जानकारी लिएका हुन्।

स्थानीय तह निर्वाचन–०७९ः आज र भोलि उम्मेदवारी दर्ता

निर्वाचन आयोगले दलहरूलाई लैंगिक तथा समावेशी सिद्धान्त आत्मसात् गरी महिलालाई प्राथमिकता साथ उम्मेदवार बनाउन आग्रह गरेको छ।

गठबन्धनबीच स्थानीय तहको सिट बाँडफाँडप्रति असन्तुष्टि माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँडप्रति असन्तुष्टि जनाएका छन्।

कांग्रेसले स्थानीय तहका प्रमुख र वडाध्यक्षका उम्मेदवार टुङ्ग्यायो

नेपाली कांग्रेस ताप्लेजुङले आफ्ना भागबण्डामा परेका स्थानीय तहहरुमा उम्मेदवारको टुङ्गो लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्