१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसले स्थानीय तहका प्रमुख र वडाध्यक्षका उम्मेदवार टुङ्ग्यायो

नेपाली कांग्रेस ताप्लेजुङले आफ्ना भागबण्डामा परेका स्थानीय तहहरुमा उम्मेदवारको टुङ्गो लगाएको छ।

कांग्रेसले सिरिजङ्गा गाउँपालिका अध्यक्षमा लालकृष्ण चौहान सिदिङ्वामा प्रदीपकुमार राई, पाथीभरा याङ्वरकमा राम थेबे, आठराई त्रिवेणीमा विश्वनाथ सिटौला, मेरिङ्देनमा डम्बर हाङ्गाम र मिक्वाखोला गाउँपालिकामा भक्तबहादुर कार्कीलाई अध्यक्षको उम्मेदवार बनाउने भएको छ।

कांग्रेसकै भागमा परेको फुङ्लिङ नगरपालिकाको भने प्रदेश संसदीय बोर्डले उम्मेदवार छनौट गर्ने भएकोले साँझसम्म टुङ्गो लाग्ने नेपाली कांग्रेस ताप्लेजुङका सचिव नन्दकुमार ओझाले जानकारी दिए। गठबन्धन दलहरुले कांग्रेसले फुनपासहित ७ प्रमुख र ३ उपप्रमुख, माओवादी केन्द्रलाई २ प्रमुख र ५ उपप्रमुख तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीलाई १ उपप्रमुख पद भाग लगाएको छ।

यद्यपी नेकपा एसले भने आफूहरुलाई कम्तिमा २ वटा उपप्रमुख र रोजाइका वडाका वडाध्यक्षहरु माग गरेको छ। नेकपा एसको त्यहीँ अडानका कारण गठबन्धनका तीन मध्ये कांग्रेस र माओवादी केन्द्रले मात्र चुनावी एकताका लागि पदीय भागबण्डा बाँडफाँड सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

बाँडफाँडका क्रममा माओवादी केन्द्रको भागमा परेका फक्ताङ्लुङ गाउँपालिका अध्यक्षमा मुक्ति लावुङ र मैवाखोला गाउँपालिका अध्यक्षमा बिजयप्रकाश वनेम उम्मेदवार बन्ने निर्णय यसअघि नै माओवादीले गरिसकेको छ। सबै वडाका वडाध्यक्षका उम्मेदवार टुङ्ग्याएको एमाले पछि कांग्रेसले समेत आफ्ना भागमा परेका वडाहरुका उम्मेदवार चयन गरेको छ।

जसअनुसार सिदिङ्वा वडा नं २ सिदिङ्वामा शेरबहादुर लिम्बू, वडा नं ३ आङ्खोपमा हस्ताबहादुर खनाल, वडा नं ५ लिम्बूदिनमा बिनोदकुमार राई, वडा नं ६ मेहेलेमा दलबहादुर लिम्बू र वडा नं ७ सुरुम्खिममा लक्षुमन तामाङ कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बन्ने भएका छन्।

यस्तै सिरिजङ्गा गाउँपालिका वडा नं २ आम्बेगुदिनमा लक्ष्मीप्रसाद थेबे, वडा नं ५ पेदाङमा बमप्रसाद गौतम, वडा नं ६ मामाङ्खेमा सुखराज लिम्बू, वडा नं ७ खेवाङमा भानुभक्त गौतम र वडा नं ८ याम्फुदिनमा टसी लामा वडाध्यक्षका उम्मेदवार बन्ने भएका छन्।

यस्तै मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङमा अमृत लिम्बू, वडा नं २ खोक्लिङमा राजेन्द्रकुमार थापा, वडा नं ३ लिवाङमा दीपेन्द्रकुमार लिवाङ र वडा नं ४ साँवामा सदनकुमार साँवा वडाध्यक्षको उम्मेदवार बन्ने भएका छन्।

मेरिङ्देन गाउँपालिका वडा नं १ थिङ्लाबुमा टेकबहादुर ओख्राबु, वडा नं २ सान्थाक्रामा चन्द्र नाल्वो, वडा नं ४ लिङ्तेपमा बेदप्रसाद हाङ्गाम र वडा नं ५ थुकिमामा बिनोदकुमार लिम्बू वडाध्यक्षको उम्मेदवार बन्ने भएका छन्।

आठराइ त्रिबेणी गाउँपालिका वडा नं १ निघुरा दिनमा हर्कमान तामाङ, वडा नं २ फुलवारीमा सोम बिमली र वडा नं ४ चाँगेमा धनहाङराज तामाङ उम्मेदवार बन्नेछन्। उता मैवाखोला गाउँपालिका वडा नं ३ साँघुमा खगेन्द्र थक्लुङ, वडा नं ४ साँघुमा फुर्वा शेर्पा र वडा नं ६ फाकुम्बामा सन्तकुमार थोप्रा वडाध्यक्षको उम्मेदवार बन्ने भएका छन्।

फक्तालुङ गाउँपालिका वडा नं ३ लिङखिममा आइतराम लिम्बू, वडा नं ४ इखाबुमा छत्रमणि लिम्बू, वडा नं ५ तापेथोकमा कुमार हेल्लोक, वडा नं ६ लेलेपमा पेम्बाटाँसी शेर्पा र वडा नं ७ ओलाङ्लुङगोलामा टाँसी लामा वडाध्यक्षको उम्मेदवार बन्ने भएका छन्।

यस्तै फुङ्लिङ नगरपालिका वडा नं ३ मा युवराज बराल, वडा नं ४ मा टीकाराम गुरुङ, वडा नं ६ मा मदन (तेज) बहादुर गुरुङ, वडा नं ७ मा जीवन पालुङ्वा, वडा नं ८ मा क्षितिज सुनुवार र वडा नं ९ हाङ्देवामा घनेन्द्र गुरुङ वडाध्यक्षको उम्मेदवार बन्ने कांग्रेसले निर्णय गरेको छ।

प्रकाशित: १० वैशाख २०७९ ०६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App